
काठमाण्डौ । अविरल वर्षाका कारण आएको बाढी/पहिरो र डुबानका कारण ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म दुई सय १७ जना पुगेको छ । अझै २८ जना बेपत्ता रहेको जनाइएको छ । प्राकृतिक विपद्माका कारण एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् ।
बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले बताएका छन् । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृहका प्रवक्ता तिवारीले जानकारी दिए । यस्तै सरकारले बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १५ आश्विन २०८१, मंगलवार ०८:५३
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
