
काठमाडौं । तेह्रथुमे ढाका बुटिकको हङकङमा एकल फेसन शो हुने भएको छ । याक्थुङ आर्टिस्ट सोसाइटी हङकङको आयोजनामा हङकङको जोर्डनस्थित ब्लू ओसन रेष्टुरेण्ट एण्ड बारमा यही आउँदो ५ अक्टबरमा ‘सेक्मुरी युन्छो–२०२४’ शीर्षकमा फेसन शो हुने लागेको हो ।

फेसन शोका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । विविध सांगीतिक कार्यक्रमसहित हुने फेसन शोमा एक दर्जनभन्दा बढी महिला तथा पुरुष मोडलहरुले तेह्रथुमे ढाका बुटिकको डिजाइनिङ पहिरनमा क्याटवाक गर्दैछन् ।
फेसन शोका लागि तेह्रथुमे ढाका बुटिककी प्रोपाइटर एवं फेसन डिजाइनर निर्मला लिम्बू आङबुङ (निरु)ले चार दर्जन पहिरन तयार गरेकी छन् । फेसन शोका लागि जीवन र प्रकृति दर्साउने कल्चरल एवं मोर्डन पहिरनहरु आफूले तयार पारेको निरुले बताइन् ।

ललितपुरको तिखेदेवलमा रहेको तेह्रथुमे ढाका बुटिकको यो पहिलो एकल फेसन शो हुनेछ । उक्त सोलो फेसन शोका लागि युगल पोमू र माया खापुङले कोरियोग्राफी गर्दैछन् ।
उक्त दिन आइसा गुरुङ, जेनिफर लिम्बू, माहाङमा लिम्बू, क्रस लिम्बू, सपनील गुरुङ, दिक्षा लिम्बू, रिया बलाल, रेश्मा साम्पाङ, रिजा प्रधान, अर्पणा राई, सन्देश लिम्बू, रोमन लावती, विश्वास गुरुङ, रोमन पुन मगर, यज्ञ बराइली, ओम गुरुङ, अर्जुन गौमत, निरुपम राई लगायतका मोडलहरु निरु डिजाइन तथा तेह्रथुमे ढाकाको पहिरनमा ¥याम्पमा प्रस्तुत हुँदैछन् ।
सेसेमी लिम्बूले होस्ट गर्ने कार्यक्रममा गायिका अन्नु चौधरी, विकास लिम्बू, सीता सिंगक, यादेन शेर्मा लगायतका कलाकारको प्रस्तुती रहने कार्यक्रम संयोजक हेमराज अन्छङबोले बताए ।

गायिका अन्नु र विकास नेपालबाट प्रस्तुतीका लागि हङकङ जान लागेका हुन् भने अन्य कलाकार हङकङमै रहँदै आएका छन् । नेपालबाट डिजाइनर निरु लगायतका कलाकार भने ३ अक्टुबरमा हङकङ जाने भएका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १३ आश्विन २०८१, आईतवार १७:४२
बिर्तामोड सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सुरुवातबाटै पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा घटदो

Body of Maharjan, killed in Tinkune protest, handed over to family

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डमा

राष्ट्रिय सभाबाट पारित भयो ५ वटा विधेयक

तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली
