काठमाडौं । अविरल वर्षापछि देशभर गएको बाढी र पहिरोको घटनामा परेर हालसम्म ३७ जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । यो तथ्याङ्क बिहीबारदेखि आज शनिबार दिउँसो २ः४५ बजेसम्मको हो ।
गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी मृत्यु भएको छ । जसमा काठमाडौंमा ५ जना, भक्तपुरमा ५ र ललितपुरका १० जना गरी २० जनाको मृत्यु भएको छ ।
हालसम्म घाइतेको संख्या ४ जना रहेको छ भने १ हजार २९८ जनाको सकुशल उद्धार गरिएको छ । त्यस्तै, १ सय ९५ वटा घरमा भौतिक क्षति पुगेको छ ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-09-28
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
