काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन बन्द हुने भएको छ । दक्षिणकाली–छैमले सडक कालोपत्रे गर्नका लागि असोज ८ गतेदेखि १९ गतेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।
दक्षिणकाली नगरपालिकाले एक सूचना जारी गर्दै सो सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिएको छ । नगरपालिकाले सो सडक बन्द हुँदा सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं र मकवानपुरलाई समन्वयका लागि आग्रह गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-09-24
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
