
म्याग्दी । यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका हुन् ।
पर्यटन विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट १६ लाख ८९ हजार ३० रुपैयाँ सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । गत वसन्त याममा तीन समूहका २२ पुरुष र आठ जना महिलाले धवलागिरि हिमाल आरोहण गर्ने अनुमति लिएका थिए । सोवापत ७१ लाख ७० हजार सात सय ५० रुपैयाँ शुल्क सङ्कलन भएको विभागले जनाएको छ ।
आरोहण अनुमति लिएका आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर आउने तयारी गरेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहेका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताएका छन् ।
पर्यटन विभागको पछिल्लो विवरणअनुसार चालु यामका लागि नेपालका १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र दुई सय ७४ जना पुरुषले अनुमति लिएका छन् । उनीहरुबाट चार करोड ५२ लाख ४५ हजार आठ सय ४८ रुपैयाँ आरोहण शुल्क प्राप्त भएको छ ।
शरद्मा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्ने प्रावधान रहेको विभागले जनाएको छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म रुपैयाँ सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ८ आश्विन २०८१, मंगलवार ०९:००
Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
