
काठमाण्डौ । साइबर अपराधसम्बन्धी उजुरीमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई हिजो भक्तपुरबाट पक्राउ गरेर जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराएको थियो । एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईं विरुद्ध उजुरी दिएकी थिइन् ।
त्यसको आधारमा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले गएको बुधवार अनुमति दिएको थियो । प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ आश्विन २०८१, सोमबार ०८:४५
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
