नेपाल अर्बुद रोग निवारण संस्थाको वार्षिकोत्सवमा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई सम्मान

काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाले सोमबार ४२औँ केन्द्रीय वार्षिकोत्सव मनाएको छ । सो अवसरमा विभिन्न संघसंस्था तथा व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको छ ।

कार्यक्रममा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलगायत अन्य सामाजिक क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष महेश श्रेष्ठको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव समारोहमा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: ३१ भाद्र २०८१, सोमबार १७:४९