
बागलुङ । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा दुई जनाको मृत्यु भएको छ । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए अनुसार एक जना बेपत्ता भएका छन् । बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ । सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेलापरेको थियो ।
ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । बेपत्ता कमलको खोजी भइरहेको छ । अहिले पनि वर्षा भइरहेको हुँदा खोजीमा समस्या भएको जनाइएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २१ भाद्र २०८१, शुक्रबार ०८:५४
मस्कसँगको सम्बन्ध सुधार्ने इच्छा छैन: राष्ट्रपति ट्रम्प

वर्षा लागेकाले उपयुक्त समयमा राप्रपाले ठुलो आन्दोलन गर्छ: अध्यक्ष लिङ्देन

प्रतिनिधिसभाको बैठक बस्दै

अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण
