
काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तयारी गरेको छ । तीन वर्षअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा सहरी विकास मन्त्रालयले सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
मन्त्रालयले ३ असोजबाट सर्वसाधारणका लागि प्रवेश खुला गर्ने निर्णयसँगै धरहरा निर्माण गरिरहेको ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सनले पनि बाँकी काम सक्न तीव्रता दिएको छ । रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर दीपक सिंहका अनुसार सञ्चालनमा ल्याउने मिति तय भएसँगै सोहीअनुसार काम भइरहेको छ ।
उद्घाटन भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेपछि प्रधानमन्त्री ओलीले १४ साउनमा मन्त्री तथा सचिवहरूलाई धरहरा छिटो सञ्चालनमा ल्याउन निर्देशन नै दिएका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १९ भाद्र २०८१, बुधबार ०८:४९
हिमालय एअरलाइन्सद्धारा प्रयास नेपालका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

निषेधित क्षेत्रमा प्रदर्शन गरेर सामूहिक रूपमा थुनामा जान तयार छौं: लिङ्देन

पाँच रुपैयाँका नयाँ नोट चलनचल्तीमा

रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठको राजीनामा

पोखरा विमानस्थल निर्माणमा दस अर्ब भ्रष्टाचार भएको निष्कर्ष

वीरगञ्ज महानगरमा वैशाख १ गतेदेखि लगाइएको कर्फ्यु हट्यो
