
काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष दशैँमा नयाँ नोट नसाट्ने भएको छ । राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न भन्दै नयाँ नोट सटही बन्द गरेको हो । यो वर्ष दशैँमा आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दिने तयारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको बैंकका सहायक प्रवक्ता डा।डिल्लीराम पोखरेलले बताए । उनका अनुसार दशैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही गरिनेछ ।
दशैँका लागि ५, १० २०, ५० र १०० का नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यो पटक यसैअनुसार सटहीको सुविधा दिने छ । यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा सुकिला नोट सटही गर्ने बैंकले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १९ भाद्र २०८१, बुधबार ०८:४३
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
