काठमाडौं । अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्यामा संलग्न व्यक्तिको तस्बिर सार्वजनिक भएको छ । बुधबार ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो ।
तर, अभियुक्तको पहिचान खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने अखबार नेप्योर्कले उल्लेख गरेको छ । ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा गोली हानी हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् ।
सिसीटिभी फुटेजमा देखिएअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन् । प्रहरीले ती व्यक्ति को हुन् भन्ने पहिचान नभएको बताएको समाचारमा जनाइएको छ ।
यद्यपि, मुना प्रेम सम्बन्धमा रहेको भनिएको अमेरिकी युवक ती अभियुक्त नरहेको पनि प्रहरीलाई उद्धृत गर्दै नेप्योर्कले लेखेको छ । प्रहरीले अभियुक्त पहिचानका लागि समूदायको सहयोग मागेको छ । चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनिएको छ ।
गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको थियो । मुना भोजपुरकी हुन् । मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् । मुनाको शव पोस्टमर्टम गरी ह्युस्टन प्रहरीले घटना अनुसन्धान गरिरहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-30
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
