
काठमाडौं । नेकपा एकीकृत समाजवादीमा पदाधिकारीको टुङ्गो लागेको छ । पदाधिकारी चयनमा विवाद उत्पन्न भएपछि निर्वाचन गर्ने निर्णय भएको थियो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसहमत चुनिएका थिए ।
महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी रामकुमारी झाँक्री पराजित भइन् । यस्तै, मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रामचन्द्र झा थिए ।
यस्तै, खुलातर्फ उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् । उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन् । चौधरीले सबैभन्दा धेरै १५८ मत पाएर विजयी भएका छन् । चार उपमहासचिव पदमा १९ जना प्रतिस्पर्धी थिए ।
सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल निर्वाचित भएका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १२ भाद्र २०८१, बुधबार ०९:१०
उपत्यकामा चारको महत्व र दक्षिण योगनी

दुर्गा प्रसाइँलाई पक्राउ गरी काठमाडौं ल्याइँदै

नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या २१८ पुग्यो

नेपाल बारको अध्यक्षमा मिश्र निर्वाचित

महान् फुटबलर रोबर्टो कार्लोस वैशाख ५ गते नेपाल आउने

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा: प्रहरीले भन्यो, ‘पक्राउ परेका छैनन्’
