
काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली विद्यार्थीको गोली हानी हत्या भएको छ । ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत भोजपुरकी करिब २१ वर्षीया मुना पाण्डेको ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली हानी हत्या भएको हो ।
नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले मुनको छातीमा गोली लागेको अवस्थामा शव अपार्टमेन्टमा फेला परेको जानकारी दिए । मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ ।
अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो । त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १२ भाद्र २०८१, बुधबार ०८:४६
दुर्गा प्रसाइँलाई पक्राउ गरी काठमाडौं ल्याइँदै

नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या २१८ पुग्यो

नेपाल बारको अध्यक्षमा मिश्र निर्वाचित

महान् फुटबलर रोबर्टो कार्लोस वैशाख ५ गते नेपाल आउने

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा: प्रहरीले भन्यो, ‘पक्राउ परेका छैनन्’

शब्दयात्रा प्रकाशनद्वारा ८ जना वाङमयसेवीहरू सम्मानित र ४ वटा पुस्तक विमोचन
