
काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ आजदेखि सुरु हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु हुने नाडा अटो सो भदौ १६ गतेसम्म चल्ने छ ।
नाडा अटो सोमा ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । ६ दिन सम्म चल्ने शोमा २४ चार–पाङ्ग्रे ब्रान्डहरू, १९ दुई–पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने भएका छन् ।
यसका साथै ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् । र ७ वित्तीय संस्थाहरूले वित्तीय समाधानहरू प्रदान गर्नेछन् । समग्रमा शोमा ९५ प्रदर्शकहरूले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्।
प्रदर्शन अवलोकनका लागि खल्ती एपबाट २० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधन माग बढेपछि यस वर्ष नाडाले विद्युतीय सवारीसाधनमा जोड दिएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ११ भाद्र २०८१, मंगलवार ०९:२०
उपत्यकामा चारको महत्व र दक्षिण योगनी

दुर्गा प्रसाइँलाई पक्राउ गरी काठमाडौं ल्याइँदै

नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या २१८ पुग्यो

नेपाल बारको अध्यक्षमा मिश्र निर्वाचित

महान् फुटबलर रोबर्टो कार्लोस वैशाख ५ गते नेपाल आउने

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा: प्रहरीले भन्यो, ‘पक्राउ परेका छैनन्’
