
काठमाडौं । ‘मिस्टर नेपाल–२०२४’को उपाधि झापाका सन्तोष लोकसम लिम्बूले जितेका छन् । संघीय राजधानी काठमाडौंमा शनिबार भएको ग्राण्ड फिनालेमा आफ्ना ३७ जना प्रतिस्पर्धीलाई उछिन्दै २० वर्षीय सन्तोषले ‘मिस्टर नेपाल’को उपाधि जित्न सफल भएका हुन् ।
उपाधिसँगै सन्तोषले पाँच लाख बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । साथै, सन्तोषले ‘मेन वीथ इलिगेन्स’ सवटाइटल समेत पाए । सो वापत उनले नगद १५ हजार प्राप्त गरेका छन् ।
नेक्स्ट मोडल्स नेपालद्वारा आयोजित ‘मिस नेपाल’मा यस वर्ष तीन जनालाई शीर्ष उपाधि दिइएको थियो । तीनजनालाई ‘मिस्टर नेपाल–२०२४’को उपाधि दिएकामध्ये सन्तोष पहिलो भएका हुन् । प्रतियोगितामा आयुष दुलाल र योगेश श्रेष्ठले पनि उपाधि हासिल गरेका छन् ।
‘मिस्टर नेपाल–२०२४’को उपाधि जितेका सन्तोष लिम्बूले आगामी महिना भियतनाममा हुने ‘मिस्टर ग्लोवल–२०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले नेक्स्ट मोडल्स नेपालले सन् २००१ देखि ‘मिस्टर नेपाल’को आयोजना गर्दै आएको हो । प्रतियोगिताको यस संस्करणमा देशभरबाट अडिसनमा छनोट भएका ३८ जना युवाले प्रतिस्पर्धा गरेका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १० भाद्र २०८१, सोमबार १०:३५
अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा

विशेष अदालतद्वारा पूर्वसचिवसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

अब युएई जाने नेपाली श्रमिकको तलब न्यूनतम एक हजार दिराम निर्धारण

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दुई अभियोगमा भ्रष्टाचार मुद्दा

Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta
