
काठमाण्डौ । सडक माथिबाट खसेको ढुङ्गाले लागेर चितवनको मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ को १७ किलोमा एउटा बस पल्टिएको छ ।
रौतहटको गौरबाट पोखराका लागि छुटेको ग २ ख ४७ नम्बरको बस सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसमा ३०–३५ जना यात्रु रहेका र तीमध्ये २५ जना घाइते भएका प्रहरीको भनाइ छ ।
घाइतेमध्ये सात जनाको भरतपुर अस्पतालमा, आठ जनाको पुरानो मेडिकल कलेजमा र १० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ढुङ्गाले लागेको बसमा क्षति पुगेको छ । सडकमा अवरोध नरहेको र गाडी चलिरहेका प्रहरीले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ भाद्र २०८१, शुक्रबार १८:०२
शब्दयात्रा प्रकाशनद्वारा ८ जना वाङमयसेवीहरू सम्मानित र ४ वटा पुस्तक विमोचन

५ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ट्रम्पले ९० दिनका लागि रोके पारस्परिक भन्सार शुल्क

शिक्षक महासंघ: वार्ता गर्ने, आन्दोलन नरोक्ने

वर्षा भएसँगै काठमाडौंको वायु गुणस्तरमा सुधार

विदेशमा रहेका नेपालीले राष्ट्रिय परिचयपत्र विना बैंक खाता खोल्न सक्ने
