काठमाडौं । सोलुखुम्बुको थामे खोलामा आएको लेदोसहितको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ । शनिबार टासिलाप्चा बेसक्याम्पनजिकै रहेका हिमताल फुटेर बाढी आएको पुष्टि भएको हो ।
शुक्रबार दिउँसो खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं। ५ थामेमा अचानक लेदोसहितको बाढी आएको थियो । खुम्बु पासाङल्हामु गाउँपालिकाले शुक्रबार उक्त क्षेत्रको हेलिकोप्टरबाट निरीक्षण गरिएको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेको छ ।
गाउँपालिकाले भिडियो शेयर गर्दै भनेको छ, ‘खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं। ५ थामेमा आएको बाढीको बिषयमा हेलिकप्टर मार्फत स्थलगत निरिक्षण गर्दा पोखरी फुटेर बाढी आएको पुष्टी भएको छ । थप जोखिमको सम्भावना नरहेको देखिन्छ ।’
यस्तै अब थप जोखिमको सम्भावना पनि नरहेको पालिकाले जनाएको छ । ४० वर्ष अगाडि पनि यस्तै पोखरी फुटेर भेलबाढी आएको थियो । शुक्रबार आएको बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ ।

खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । त्यहाँ अहिले नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ ।
बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ ।
उक्त बाढी क्षेत्र बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली शनिबार पुगेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-18
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
