
काठमाडौं ।दुई दर्जन ठेकेदार कम्पनीहरु कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा राखिएका कम्पनीहरुमा भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सनलगायत छन् ।
राजीव गर्ग मुख्य व्यक्ति रहेको यो कम्पनीलाई सडक विभागको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, गाईघाट दिक्तेल सडक योजना उदयपुरले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।
कालोसूचीमा परेका अन्यमा सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि क्षेत्रपाटी, देवनारायण पवनरमैनाचुलीरखम्पाचे जेभी सिफल, एडभेन्चर कन्स्ट्रक्सन प्रालि चितवन, जयबागेश्वर माता कन्स्ट्रक्सन प्रालि नेपालगञ्ज, बराह निर्माण सेवा र सुवास निर्माण सेवा सुर्खेत लगायत छन् ।

Sudina Shrestha
प्रकाशित: २५ श्रावण २०८१, शुक्रबार ०९:२४
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

नयाँ नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति
