
काठमाण्डौं । आज विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको यो दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ, नेफिनका अनुसार यो वर्ष ‘संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर’ भन्ने मूल नारासहित दिवस मनाइँदैछ ।
यस वर्ष संयुक्त राष्ट्रसङ्घले स्वैच्छिकरुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ ।
Sudina Shrestha
प्रकाशित: २५ श्रावण २०८१, शुक्रबार ०९:१६
एसीसी यू-१६ इस्ट जोनको फाइनलमा नेपाल र सिंगापुर भिड्ने

जापानका टापुमा दुई सातामा ९०० भन्दा बढी भूकम्प

सञ्चालनमा आयो विनयी खोलाको पुल

मलाई स्पष्टीकरण सोधिएको छैन, वरिष्ठ नेताहरुले हल्ला चलाए- झाँक्री

एयर इन्डियाको दिल्लीबाट वाशिंगटन जाने उडानमा प्राविधिक गडबडी, भियनामा रोकियो

माओत्से गुरुङको निर्देशनमा ‘पेन्सनपट्टा’ बन्ने, दयाहाङ अनुबन्धित
