काठमाडौं । सोमबार रातिदेखि लगातार वर्षा भएसँगै मंगलबार काठमाडौंको विभिन्न स्थान डुुबानमा परेको छ । बागमतीमा जलसतह बढ्दा काठमाडौँको बल्खु क्षेत्र ढुबानमा परेको छ ।

बागमती नदीमा पानीको सतह बढेर काठमाडौँ महानगरपालिका–१४, बल्खु (टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म) कुलेश्वर फलफूल बजार क्षेत्र र सुकुम्बासी बस्ती डुवानमा परेको हो । काठमाडौंको माइतीदेवी, घट्टेकुलो, पुतलसडक लगायतका स्थानमा समेत पानी जमेको थियो ।
यसैगरी बल्खु तरकारी बजारको उत्तरी भागमा पानी पस्न सुरु गरेको र दक्षिणी भागमा पानी पसिसकेको स्थानीयले बताएका छन् ।



रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-06
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
