
काठमाडौं । ललितपुरको जाउलाखेलमा रातो मच्छिन्द्रनाथको भोटोजात्रा मनाइएको छ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाउने चलन छ ।
राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिहरू जात्रा अवलोकलनका लागि जावलाखेल पुगेका थिए । भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भएको छ ।
जनश्रुतिअनुसार रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भइसकेपछि नागराज कर्कोटकी रानीको आँखा दुख्छ । उनको आँखा एकजना सामान्य किसानले निको बनाएपछि नागराज खुसी भएर बहुमूल्य मणिजडित भोटो किसानलाई उपहार दिन्छन् । तर, एकदिन खेतमा काम गरिरहेका बेला भोटो हराउँछ ।
खोज्दै जाँदा रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा ती किसानले आफ्नो हराएको भोटो देखे पनि अर्कै व्यक्तिले पनि दाबी गर्छन् । त्यसपछि विवाद हुन्छ । त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रुपमा प्रमाणसहित भोटो दाबी पेश गर्न भोटो देखाउने चलन सुरु भएको जनविश्वास छ । वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २० श्रावण २०८१, आईतवार १८:२९
युवाहरुका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री

The Hidden Risks of Sanitary Pads: A Growing Concern for Women’s Health in Nepal

आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

सामान्य विवादमा खुकुरी प्रहार

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ

निलम्बनमा परे काठमाण्डौ नगर प्रहरी प्रमुख राजु पाण्डे
