- हरि गोपाल प्रधान
काठमाडौं । ‘मिस नेपाल–२०२४’मा प्रतियोगीहरु शनिबार ‘प्रि-जर्जिङ’ राउण्डमा फेश गरेका छन् । करिब डेढ महिनादेखि प्रशिक्षणरत प्रतियोगीहरु यही साउन १९ गते अन्तिम प्रतिस्पर्धामा उत्रँदैछन् ।

द हिडेन ट्रेजरद्वारा आयोजित ‘मिस नेपाल’को ३०औँ यस संस्करणमा २६ जना युवती फाइनलका लागि छनोट भएका छन् । उनीहरुलाई विभिन्न विज्ञहरुले प्रशिक्षण दिँदै आएका छन् । यसैक्रममा शनिबार ‘प्रि–जर्जिङ’ राउण्डमा प्रस्तुत भएका हुन् ।
शनिबार भएको ‘प्रि–जर्जिङ’ राउण्डमा ‘मिस नेपाल–२०२३’ प्रियंकारानी जोशीलगायत विभिन्न क्षेत्रका ११ जना विज्ञहरु निर्णायक रहेका थिए ।
‘मिस नेपाल–२०२४’को ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको गोदावरीस्थित द सनराइज कन्फ्रेन्सन हलमा हुँदैछ । उक्त दिन २६ जनामध्ये एकजनाले ‘मिस नेपाल’का ताज पहिरिने छिन् ।
ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा आयोजित कार्यक्रममा हिडेन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापित, पुर्वअध्यक्षहरु गोपाल सुन्दरलाल कक्षपति, सुर्वण क्षेत्री, दिवाकर राजकर्णिकार, निर्देशक सुरेशबहादुर मल्ल, कान्तिमान सिंह र प्रमोदरत्न कंसाकारको उपस्थिति रहेको थियो ।
यी हुन् फाइनलिस्ट प्रतियोगीको नामावली:
शुभेच्छा कार्की, आश्माकुमारी केसी, सुमना केसी, निभिता चापागाईं, स्रिमिका मानन्धर, आँचल खत्री, ऊर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दिक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेर्बुजा मगर, किम्ती श्रेष्ठ, प्रेरभिता स्वार, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुषाल, पूजा बराल, सायरा खड्का, अम्बिका राणा, अनिशा मल्ल, श्रद्धासुमन सिलवाल र सामिन कोइराला ।



























रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-07-27
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
