काठमाण्डौं । काठमाण्डौको न्युरोड क्षेत्रमा फुटपाथ विस्तारसम्बन्धी काम तत्कालका लागि रोक्ने सहमति भएको छ । काठमाण्डौ महानगरपालिकाका प्रतिनिधि र वडाध्यक्षहरूबीच सोमबार भएको बैठकमा न्युरोड क्षेत्रमा आउँदो मङ्सिर २ गतेसम्म फुटपाथ विस्तारसम्बन्धी कुनै काम नगर्ने सहमति भएको हो ।
बैठकले काठमाण्डौ महानगर वडा नम्बर २२ र २३ मा फुटपाथ विस्तारबारे अध्ययन गर्न समिति गठन गर्ने र समितिले दिएको सुझावका आधारमा अघि बढ्ने निर्णय गरेको छ । काठमाण्डौ महानगरले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्न थालेपछि स्थानीयवासीले विरोध जनाउँदै आएका थिए । स्थानीयवासीको विरोधमा वडाका जनप्रतिनिधिले पनि साथ दिएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-07-23
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
