
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा राष्ट्रिय सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा सिंगो देश एक हुने बताए । उनले भने, ‘मलाई आशा छ, यस मामिलामा सिंगो देश एक हुनेछ । यसमा राष्ट्रिय सहमति हुनेछ ।’
विकासको मुख्य तगारो अस्थिरता भएकाले त्यसलाई हटाउन संविधान संशोधन आवश्यक परेको पनि प्रधानमन्त्री ओलीले बताए । ‘अस्थिरता हटाउन संविधानमा संशोधन चाहिन्छ भने हामीले गर्नुपर्छ । हामीले बुझ्नुपर्ने कुरा के छ भने संविधान विकासको बाहक हुनुपर्छ, बाधक होइन’ ओलीले भने, ‘विकासको लागि संविधान जहाँनेर बाधक बनेको छ, त्यहाँ संशोधन हुन्छ ।’
संविधान संशोधन प्रतिगमन नभएको प्रष्टोक्ति दिँदै उनले यो अडानबाट पछि नहट्ने प्रतिबद्धता जनाए । ओलीले भने, ‘म सधैं अघि बढ्ने मानिस हुँ, मैले आफ्नो यात्रामा व्याक गियर लगाउन र पछि सर्न जानेको छैन ।’
यसैक्रममा प्रधानमन्त्री भ्रष्टाचार नगर्ने र नसहने प्रतिबद्धता पनि जनाए । ओलीले भने, ‘दुनियाँका अगाडि दुनियाँले सुन्नेगरी भन्न चाहन्छौं, भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहन्नौं । कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं । भ्रष्टाचार र अख्तियारको दुरूपयोग तथा छानबिन तथा अनुसन्धान हुन्छ । यसमा ढुक्क भए हुन्छ ।’
उनले कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो–कोही भ्रष्टाचारीमाथि कारबाही हुने बताए । प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनेछौं । सहकारीपीडितका सन्दर्भमा उचित निर्णय लिनेछौं । जोसुकै भएपनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौँ ।’
उनले देशमा बढेको निराशा हटाएर तीव्र आर्थिक विकासको लागि नयाँ सरकार बनेको पनि बताए । उनले देशको विकास निर्माण भद्रगोल रहेको रहेको भन्दै आफू नेतृत्वको सरकारको पाँच प्राथमिकता रहेको सुनाए ।
उनले भने, ‘सरकारको तौरतरिकाको कारणले उद्योगी व्यवसायीहरू मरीचझैँ चाउरिएको छ, करिब ६० लाखभन्दा बढी जनता निरपेक्ष गरिबीको भुंग्रोमा पिस्सिएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारले सीमा नाघेको छ । युवाहरू विदेश पलायन भइरहेको छ ।’
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ६ श्रावण २०८१, आईतवार १६:०५
युवाहरुका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री

The Hidden Risks of Sanitary Pads: A Growing Concern for Women’s Health in Nepal

आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

सामान्य विवादमा खुकुरी प्रहार

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ

निलम्बनमा परे काठमाण्डौ नगर प्रहरी प्रमुख राजु पाण्डे
