काठमाडौं । मिस नेपाल–२०२६ की प्रतियोगी कशिश सुब्बा लिम्बुले मिस नेपालको यात्रा आफ्नो जीवनकै सबैभन्दा सुन्दर र परिवर्तनकारी अनुभव बनेको बताएकी छन् । ग्रान्ड फिनाले नजिकिँदै गर्दा उनले यस यात्राले आफूलाई चुनौतीहरूको सामना गर्न सिकाएको, आत्मविश्वास बढाएको र अझ सबल तथा परिपक्व व्यक्तित्वका रूपमा विकास गरेको बताएकी हुन् ।

मियियाबिच आफ्नो अनुभव साझा गर्दै कशिशले मिस नेपालको मञ्चले आफूलाई चिन्ने र आफ्नै क्षमतामाथि विश्वास गर्ने अवसर प्रदान गरेको उल्लेख गरेकी छन् । ‘मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाइरहेको छ । म केही गर्न सक्छु भन्ने विश्वास यही यात्राले दिएको छ’ उनले भनेकी छन् ।

फेशन मोडल, फेशन स्टाइलिस्ट र फेशन डिजाइनर बन्ने सपना बोकेकी कशिशले मिस नेपालको अनुभव आफ्नो भविष्यका लागि महत्वपूर्ण आधार बनेको विश्वास व्यक्त गरेकी छन् । प्रतियोगिताले व्यक्तित्व विकास, नेतृत्व क्षमता र जिम्मेवारीबोधलाई अझ मजबुत बनाएको उनको भनाइ छ ।
फिनालेका लागि केही दिन मात्र बाँकी रहँदा उनले आत्मविश्वास, कृतज्ञता र दृढ विश्वासका साथ अन्तिम प्रतिस्पर्धाको तयारी गरिरहेकी छन् । साथै, अहिलेसम्म आफूलाई साथ, समर्थन र मतदान गर्ने सबै शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दै निरन्तर सहयोग गर्न अनुरोध पनि गरेकी छन् । उनले फिनालेमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाएकी छन् । मिस नेपाल २०२६ को ग्रान्ड फिनाले अगस्ट १ मा आयोजना हुँदैछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-07-26
एमबीएस परीक्षाको प्रश्नपत्र लिकबारे अध्ययन गर्न छानविन समिति गठन
दक्षिण कोरियाको शताब्दीकै ठुलो सम्बन्धविच्छेद !
नारायणकाजी भन्छन्- प्रदेश सरकार गठनमा एमालेसँगको सहकार्य परिस्थितिजन्य बाध्यता हो
म केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ : कशिश लिम्बु
बन्द प्रशिक्षणमा ‘मिस एण्ड मिसेज युनिभर्सल–२०२६’मा प्रतियोगीहरु, आवेदन अझै खुला
ट्रम्पको दाबी : चीन र रुस इरान युद्धमा संलग्न छैनन्, हस्तक्षेप गरे गम्भीर परिणाम भोग्नुपर्छ
