काठमाडौं । नेपालकै अग्रणी फेसन तथा इन्टेरियर डिजाइन शिक्षण संस्था आईआईएफटीद्वारा ‘ड्रेस टु इम्प्रेस–सिजन–१३’ प्रतियोगिता नेपाल प्रज्ञा–प्रतिष्ठान (प्रज्ञा–भवन) भव्य रूपमा सम्पन्न भएको छ ।

फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी ‘आईआईएफटी’ स्कूल अफ फेसन इन्टेरियर डिजाइनले स्थापनाकालदेखि विद्यार्थीहरुबिच फेशन डिजाइन प्रतिस्पर्धा गर्दै आएको हो । ‘ड्रेस टु इम्प्रेस’ को १३ औँ संस्करण अन्तर्गत यो फेशन डिजाइन प्रतिस्पर्धा सम्पन्न भएको हो ।





















कार्यक्रममा अभिभावक तथा दर्शकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । विद्यार्थीहरुको सिर्जनात्मक क्षमता, डिजाइन कौशल तथा व्यावसायिक प्रस्तुतीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले नेपाली फेसन उद्योगमा नयाँ योगदान पु¥याउने आयोजकले बताएका छन् ।




























कार्यक्रमका क्रममा सहभागी डिजाइनरहरूले मौलिक तथा आधुनिक शैलीका विविध पोशाकहरू प्रस्तुत गरेका थिए । प्रतियोगितामा फेसन क्षेत्रका विज्ञ डिजाइनर, निर्णायक मण्डल, विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी तथा फेसनप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन समारोहमा उत्कृष्ट डिजाइन तथा प्रस्तुतीकरणका आधारमा विजेता प्रतियोगीहरूलाई नगद पुरस्कार, ट्रफी, प्रमाणपत्र तथा स्ल्यास प्रदान गरी सम्मान गरिएको थियो । आयोजकले आगामी संस्करणहरूलाई अझ व्यापक, प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय स्तरको बनाउँदै नेपाली फेसन उद्योगमा नयाँ प्रतिभा उत्पादन गर्ने आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
आईआईएफटीले विगतदेखि नै ‘डे«स टु इम्प्रेस’ कार्यक्रममार्फत विद्यार्थीहरुलाई वास्तविक ¥याम्प अनुभव प्रदान गर्दै उनीहरुको सिर्जनात्मक प्रतिभालाई राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने अवसर उपलब्ध गराउँदै आएको छ । यस कार्यक्रमले फेसन डिजाइन, मोडलिङ तथा फेसन शो व्यवस्थापन सम्बन्धी व्यावहारिक अनुभव समेत प्रदान गर्ने गरेको छ ।

























पहिलो प्रस्तुति ः तारासँगको नृत्यका नाममा ः नीता पोखरेल, नसला शाक्य, रश्मी अधिकारी, ममता सिंह सिजापति, सरिता थापा, विद्या शिवाकोटी, तृषणा सेन श्रेष्ठ, आशा यादव, प्रतिमा खत्री, रेश्मा नेपाली, नेहा यादव, समाना श्रेष्ठ, आकांक्षा भासु, टिसा श्रेष्ठ, पुनम चौधरी, सिजन पन्त, सुमित्रा तामाङ, पुनासी तामाङ, निर्मा चौधरी, सुजाता खनाल, उषा सुनार, केशमाया गुरुङ, प्रेशा थापा, मेन्साङ तामाङ, बसन्ती कुमारी चौधरी, कविता न्यौपाने, दीपु यादव, सन्ध्या कोइराला, मीना सारु, ममता थापा, शिखा सोमई, सञ्जिता बोहरा, सरिता कुमारी चौधरी, पुनम राय, जेसिस राई, प्रणिशा तामाङ ।







यो प्रतिस्पर्धामा ‘आईआईएफटी’ बागबजार र ‘आईआईएफटी’ कुमारीपाटीका १५५ विद्यार्थीहरूले आफ्नो फेशन डिजाइन प्रस्तुत गरे । ती डिजाइनहरू चार फरक अवधारणा ‘डान्सिङ विथ द स्टार्स’, ‘अराउन्ड द वल्र्ड’, ‘ग्यालाक्टिक फेशन’ र ‘अ पारालाल युनिभर्स’ शीर्षकमा प्रस्तुत गरिएको थियो ।








































यी चार ‘सिक्वेन्स’मा भएको प्रतिस्पर्धामा उत्कृष्ट चार डिजाइनर चयन सहित समारोहमा पुरस्कृत भएका छन् । जस अन्तर्गत ‘डान्सिङ विथ द स्टार्स’मा उत्कृष्ट डिजाइनरको उपाधि प्रतियोगी नं. २४ प्रेशा थापाले र यही विधामा पब्लिक च्वाईस अवार्ड प्रतियोगी नं. २१ सुजाता खनालले जितिन् ।

यस्तै ‘अ पारालाल युनिभर्स’ सिक्वेन्समा उत्कृष्ट डिजाइनरको पुरस्कार प्रतियोगी नं. ११६ सृजना श्रेष्ठले र पब्लिक च्वाईस अवार्ड श्रीति पाण्डेले हासिल गरे । समारोहमा हरेक विजेताले जनही २० हजार रुपैयाँ, हरेक पब्लिक च्वाईस विजेताले जनही १० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार समेत प्राप्त गरे ।

यस्तै ‘अराउन्ड द वल्र्ड’ सिक्वेन्समा उत्कृष्ट डिजाइनरको उपाधि प्रतियोगी नं. सुस्मिता ढुंगानाले र पब्लिक च्वाईस अवार्ड जितिन् । १३ औँ ‘ड्रेस टु इम्प्रेस’मा ‘ग्यालाक्टिक फेशन’ सिक्वेन्समा उत्कृष्ट डिजाइनरको उपाधि प्रतियोगी नं. १०८ जया थापा र पब्लिक च्वाइस अवार्ड डिजाइनर नं.८४ अनुराधा बोहरा कार्कीले जिते ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको मुख्य प्रेक्षालयमा ‘ड्रेस टु इम्प्रेसको १३ औँ संस्करणमा प्रस्तुत नयाँ डिजाइनका फेशन हेर्न फेशन प्रेमीहरूको उपस्थित हल भरी थियो । करिब तीन घण्टासम्म चलेको यो फेशन डिजाइन प्रस्तुतिमा ‘आई आई एफ टी’ बागबजार र ‘आई आई एफ टी’ कुमारीपाटीका विधार्थीहरुको फेशन कलाले दर्शकको मन जित्यो । समारोहमा अभिनेत्री दिया मास्के, एलिजा गौतम, टेलिभिजन प्रस्तोता , मिस इको इन्टरनेसनल मिस सेजल राजभण्डारी एवम् सञ्चारकर्मी ओसिन सिटौलाको आतिथ्य फेशन प्रस्तुतिले कार्यक्रमको माहौल अझ भव्य बनेको थियो ।

चमकधमक सहितको आकर्षक लाइट, लयबद्ध संगीतका तालमा क्याटवाक गर्दै भव्य स्टेजमा डिजाईनरहरुले आफ्ना डिजाइन आफैँ मोडल बनेर प्रस्तुत गर्दा सो कार्यक्रम अन्तर्राष्ट्रिय फेशन सो झैँ देखिएको थियो । आफूहरूले विधार्थीहरुको फेसन डिजाइन प्रस्तुति ‘ड्रेस टु इम्प्रेस लाई भव्य बनाउन हरेक वर्ष कुनै कसर बाँकी नराखेको आइआईएफटीका प्रवन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले बताए ।

स्नातक सहभागीहरूमा शान्ति लेखक, जुनतारा रोकाया, फुङ्देन हाङ लिम्बू, बिन्दु तामाङ, नविना श्रेष्ठ, शोयता श्रेष्ठ, प्रबिना पराजुली, छिरिङ लामा, सुजन राई, ममता सुनार, अमृता कुमार योङ्या, दिलमाया पाण्डे, सिर्जना गुरुङ, मारिस्का खड्का, योगिता जोशी, निशा अधिकारी, चन्द्रा खड्का, शीतल रुम्बा, सरुता गौतम, युयान वाङ, अनु कार्की, रोजिना श्रेष्ठ, शान्ति कुमारी खडायत, रोजिना कुलुङ राई, निशा डंगोल, सोनाम श्रेष्ठ, सुस्मिता उपाध्याय, सुजना गमाल, आकृति श्रेष्ठ, राधिका महर्जन, शारदा लम्साल, मिस प्रतीक गुरुङ, यशोदा उपाध्याय, सजना श्रेष्ठ, पासाङ डोल्मा धोलन, सुष्मा अधिकारी, प्रमिला श्रेष्ठ, एस्टर माया बोल, पूर्णिमा मास्के, सुष्मा तामाङ, सौमी शाक्य, रोजिना योङान, सुष्मा घिसिङ तामाङ, अनिता छेत्री, निलम कुमारी दास, किरण कुमारी दास, अञ्चला साह, समता तण्डुकार, सन्जिला महर्जन, सिमरन माली, जिना क्रि कायस्थ कर्ण, सम्झना थपालिया, भीम कुमारी गुरुङ, मिशन सुनार, सन्ध्या श्रेष्ठ, दुर्गा दुरा, इमायुंग राई, सुजिता महर्जन, सावित्री डंगोल, सुनिता श्रेष्ठ, सुस्मा थापा मगर, बबिता श्रेष्ठ, आकृति राणा, जेनिशा बस्ता, सुस्मिता सुवेदी, ममता लिङ्घेप ।




फेसन, सिर्जनशीलता र प्रतिभाको उत्कृष्ट संगमका रूपमा रहेको प्रतियोगितामा आईआईएफटीका विद्यार्थी डिजाइनरहरूले आफ्नै सिर्जनाका आकर्षक पोशाकहरू ¥याम्पमार्फत प्रस्तुत गरेका थिए ।




पहिलो प्रस्तुति : तारासँगको नृत्यका नामहरु ः नीता पोखरेल, नसला शाक्य, रश्मी अधिकारी, ममता सिंह सिजापति, सरिता थापा, विद्या शिवाकोटी, तृषणा सेन श्रेष्ठ, आशा यादव, प्रतिमा खत्री, रेश्मा नेपाली, नेहा यादव, समाना श्रेष्ठ, आकांक्षा भासु, टिसा श्रेष्ठ, पुनम चौधरी, सिजन पन्त, सुमित्रा तामाङ, पुनासी तामाङ, निर्मा चौधरी, सुजाता खनाल, उषा सुनार, केशमाया गुरुङ, प्रेशा थापा, मेन्साङ तामाङ, बसन्ती कुमारी चौधरी, कविता न्यौपाने, दीपु यादव, सन्ध्या कोइराला, मीना सारु, ममता थापा, शिखा सोमई, सञ्जिता बोहरा, सरिता कुमारी चौधरी, पुनम राय, जेसिस राई, प्रणिशा तामाङ थियो ।



दोस्रो चरण : विश्व भ्रमणका नामहरु ः अनुष्का श्रेष्ठ, सराहना महर्जन, सुस्मिता खड्का, अञ्जु कुमारी महतो, रिना रामटेल, चन्द्रिका ओझा, सुष्मा सञ्जेल, निरुता थापा, देविकला घर्ती मगर, तुलसी चौधरी, मनु रोकाया, लिजा तिवारी, करुणा भुजेल, शानु शर्मा, वसुन्धरा बनियाँ खत्री, रश्मी भण्डारी, सोना थापा, सुनिता ज्ञवाली, अनिता खड्का, पुष्पा खड्का, अमृता पौडेल, सुजन मैया श्रेष्ठ, रेखा ताम्राकार, सजिना लामा, अलिना राई, रेशा श्रेष्ठ, सुस्मिता पोखरेल, मेनुका राना, सोनाम त्सोमो लामा, चन्दा ताम्राकार, व्यञ्जना लो, ममता के.सी. खड्का, सोनी कुमारी, हिरा शोभा महर्जन, सुष्मिता ढुंगाना थिए ।

तेस्रो चरणः ग्यालेक्टिक फेसनका नामहरु ः इन्द्र घले, पुष्पा गौडेल, लक्ष्मी शोभा गोसाई, सुष्मा महर्जन, पद्मा राई, अनुराधा बोहरा कार्की, मरियम खातुन, रिमी श्रेष्ठ, सावित्रा श्रेष्ठ पुन, बुद्धमाया राई, रश्मि गौतम थापा, जोया पन्थी, राधिका महर्जन, सङ्गीता श्रेष्ठ, अमृता कँडेल, जेनिशा बस्नेत, प्रेरणा श्रेष्ठ, बेबिका नकर्मी, जेनिशा लिम्बु, सन्ध्या श्रेष्ठ, उमा गामी, आयुष्णा श्रेष्ठ, सीमा गोटामे, सारोन श्रेष्ठ, जया थापा, अञ्जु बस्नेत, मुना लामा, आशा कुमारी बनियाँ, ज्योति लामा, अप्सरा बि.क., लास्ता बज्राचार्य थिए ।

चौथो चरणः समानान्तर ब्रह्माण्डका नामहरु ः सन्ध्या लामा, श्रीजना श्रेष्ठ, सपना बोहरा, बिन्दु लामा, पासाङ डोल्मा भोलन लामा, सृजना पौडेल, अर्फा अहमद खान, शुभम गुरुङ, प्रकृति नेमकुल, स्मृति खवास, शोभा के. थापा मगर, अनुजा मल्लिक, स्वाती श्रेष्ठ, समरिका पुलामी, कृष राई, धनी कुमारी आले मगर, रोजिना के.सी., सृजना तामाङ, दुर्गा श्रेष्ठ, सरस्वती बी.क., प्रशंसा शाह, क्रिस्टिना भण्डारी, श्रीति पाण्डे, चन्द्रमा धामी, सुनिता थापा, नीतु कुमारी साह, अनुनय आचार्य, प्रकृति योञ्जन, उमा ठाकुरी, रिदम बोहरा, खेम माया खप्तरी मगर, सजनी जोशी, मीरा शर्मा थिए ।

सो कार्यक्रममा पूर्व रक्षा मंत्री भिमदास प्रधान, न्हुज ः गुठीका अध्यक्ष सुर बहादुर श्रेष्ठ साथै उक्त कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा आई.आई.एफ.टी ( इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी) का अध्यक्ष फुपु तेन्जिङ् शेर्पाले सबै आगन्तुहरुलाई स्वार्गत गर्नु भएको थियो । आई.आईएफ.कटी बागबजार, काठमाडौं कार्यलय प्रमुख उर्जा मानन्धर ललितपुर स्थित कार्यलय प्रमुख सानी सुब्बा, हेरिटेज प्लाजा, कमलादीस्थित अन्जली शाक्य प्रमुख पनि उपस्थित रहेको थियो ।













समारोहमा विधार्थीहरुबिच भएको फेसन डिजाइन प्रतिस्पर्धाको निर्णायकहरूमा अग्रज फेशन डिजाइनहरू मुक्ता श्रेष्ठ, निभा श्रेष्ठ, निशा श्रेष्ठ, रजनी माली र फेशन डिजाइनर महेश महर्जन रहेका थिए । फेशन सोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।




































रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-07-24
२०८३ साउन ८ गते शुक्रबार: आजको राशिफल
राजेश हमालको प्रश्न- देशको शासन अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
आईआईएफटी ‘ड्रेस टु इम्प्रेस’को सिजन-१३ मा जे देखियो (फोटो फिचरसहित)
अनलाइन सट्टेबाजीसँग सम्बन्धित दुई लाखभन्दा धेरै वेबसाइट बन्द
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
