काठमाडौं । पूर्वमिस नेपाल वल्र्ड शृँखला खतिवडा आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएकी छन् । उनले कुनै राजनीतिक दलबाट नभइ स्वतन्त्र रुपमा उम्मेदवारी दिने तयारी गरिरहेको बताइएको छ ।

राजनीतिक पृष्ठभूमिमा हुर्केकी शृँखला सन् २०१८ की मिस नेपाल विजेता हुन् । मिस नेपाल विजेता भएपछि उनले नेपालको प्रतिनिधित्व गर्दै मिस वल्र्ड–२०१८ मा ‘ब्युटि विथ अ पर्पस’ जित्न सफल भएकी थिइन् । त्यसयता उनी विभिन्न सामाजिक सेवामा सक्रिय रहँदै आएकी छन् ।
कतिपय मिस नेपाल विजेताहरु ग्ल्यामरस क्षेत्रमा रमाएपनि शृँखलाले सामाजिक कार्यलाई बढी चासो दिँदै आएकी छन् ।

सहरी योजनाबारे अध्ययन गरेकी शृँखलाले काठमाडौंलाई व्यवस्थित, हरित, सुरक्षित र नागरिकमैत्री महानगरको रुपमा विकास गर्ने आफ्नो लक्ष्यअनुरुप आगामी स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने सोच बनाएको उनी निकट स्रोतले बताएको छ । उनले यसबारे औपचारिक रुपमा भने मुख खोलेकी छैनन् ।
तर, स्रोतका अनुसार शृँखलाले सुशासन, दीगो पूर्वाधार विकास, वातावरण संरक्षण र सार्वजनिक सेवा प्रभावमा सुधार तथा युवा सहभागितालाई आफ्नो प्राथमिकतामा राखेकी छन् । काठमाडौंको समग्र विकासका लागि सबैका साथ आवश्यक रहेको उनको धारणा छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-07-16
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
यातायातका काम साउन ८ गतेपछि मात्र हुने
विश्वकप फाइनलको विश्लेषण : नतिजा १-० तर खेलमा अर्जेन्टिनामाथि स्पेनको दबदबा
