काठमाडौं । नेपाल सरकारले नेपाल वायुसेवा निगम (नेवानि)को महाप्रबन्धक समेत काम गर्नेगरी कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकसमेतको जिम्मेवारीमा कार्यकारी अध्यक्षको रूपमा नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
संस्कृति, पर्यटन मन्त्रालयको प्रस्तावमा श्रेष्ठलाई उक्त जिम्मेवारी दिइएको हो । ‘नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धक समेतको काम गर्नेगरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने,’ मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । यसअघि श्रेष्ठ निगमको निर्देशक पदमा रहेर कार्य सम्पादन गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-07-14
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
यातायातका काम साउन ८ गतेपछि मात्र हुने
विश्वकप फाइनलको विश्लेषण : नतिजा १-० तर खेलमा अर्जेन्टिनामाथि स्पेनको दबदबा
