काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयको ए लेभल, सीबीएसइ, आइबीडिपी लगायतका विदेशी विद्यालय तहका शैक्षिक कार्यक्रम अनुमति नलिई सन्चालन गर्ने संस्थाबारे जानकारी उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
मन्त्रालयको विद्यालय शिक्षा शाखाले सूचनाजारी गर्दै विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर सञ्चालन हुने यस्ता शैक्षिक कार्यक्रम नेपालमा सञ्चालन गर्नुअघि मन्त्रालयबाट आवश्यक अनुमति प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
तर केही शैक्षिक संस्थाले अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेको तथा अनुमति नलिएको अवस्थामा पनि अनुमति प्राप्त गरेको भनी प्रचारप्रसार गरी विद्यार्थी र अभिभावकलाई भ्रममा पारिरहेको विषय विभिन्न माध्यमबाट जानकारीमा आएको मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले सञ्चालनसम्बन्धी कानुनी व्यवस्था पालना गर्न सबै सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
यसै सन्दर्भमा मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी भएमा विद्यालय शिक्षा शाखाको इमेल [email protected] मा तीन दिनभित्र लिखित रूपमा जानकारी उपलब्ध गराउन आम सरोकारवालासँग अनुरोध गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-07-10
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
