काठमाडौं । मिस नेपाल २०२४ का प्रतियोगीहरुले आफ्नो–आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । ट्यालेन्ट शो राउन्ड अन्तर्गत उनीहरुले बिहीवार एक कार्यक्रमबीच कला देखाएका हुन् । मिस नेपालको यस संस्करणमा २६ जना सुन्दरीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगीहरुले नृत्य, गायन, बक्तृत्वकला लगायतका कला प्रस्तुत गरेका थिए । सो कार्यक्रममा ‘दि हिडन ट्रेजर’ का अध्यक्ष अजय रत्न स्थापति, पूर्व अध्यक्ष दिवाकार राजकर्णिकार, सूर्वण क्षेत्री र डाईरेक्टरहरु प्रमोद रत्न कंसाकार, सरद कुमार श्रेष्ठ, क्रान्तिमान सिंह र रुपेश प्रधानको उपस्थित रहेका. थियो । साथै मिस नेपाल–२०२३ सृच्छा प्रधान, मिस ईन्टरनेशनल–२०२३ प्रसिद्धी शाह, मिस अर्थ–२०२३ रैजना मजगैयाको उपस्थित रहेको थियो । सो कार्यक्रमको कोरियोग्रफर रचना गुरुङ्गले गरेका थिए भने कार्यक्रमको संचालन रोनिश्मा श्रेष्ठले गरेका थिए ।

आयोजक संस्था ‘द हिडन ट्रेजर’द्वारा आयोजित यसवर्षको मिस नेपालको ग्राण्ड फिनाले २०८१ साउन १९ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा हुँदैछ । हाल प्रतियोगीहरु आत्मविकास सबिन्ध प्रशिक्षणरत छन् ।

यी हुन् फाइनलिस्ट २६ सन्दरी
शुभेच्छा कार्की, आश्माकुमारी केसी, सुमना केसी, निभिता चापागाईं, स्रिमिका मानन्धर, आँचल खत्री, ऊर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दिक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेर्बुजा मगर, किम्ती श्रेष्ठ, प्रेरभिता स्वार, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुषाल, पूजा बराल, सायरा खड्का, अम्बिका राणा, अनिशा मल्ल, श्रद्धासुमन सिलवाल र सामिन कोइराला


























रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-07-11
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
