
काठमाडौँ । नेकपा एमालेले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न कुनै जटिलता नभएको जनाएको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि निर्णय सुनाउनेक्रममा एमाले नेता प्रदीप ज्ञवालीले अहिले संविधानको धारा २ कि ३ भनेर चलाइएको चर्चा उचित नभएको बताए । उनल भने, ‘७६ को २ अनुसार सरकार गठन गर्न कुनै जटिलता छैन । अहिले उपधारा ३ कि २ भनेर चलाइएको चर्चा भ्रम फिँजाउनका लागि मात्र भएको हो ।’
उनले योभन्दा अगाडि नै पटक–पटक संसदीय अभ्यासमा प्रयोग भइसकेको बताउँदै भने, ‘२०७८ साल वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत माग्नुभयो । नेकपा एमालेकै कतिपय सदस्यहरूको अनुपस्थितिका कारण त्यो बेला विश्वासको मतको पक्षमा बहुमत पुगेन । उहाँले (प्रधानमन्त्री) राजीनामा गर्नुभयो । राजीनामा गरेपछि तत्कालीन राष्ट्रपतिले फेरि ७६ (२) अनुसारकै सरकार बनाउन दलहरूलाई आह्वान गर्नुभएको थियो ।’
तर त्यसबेला राष्ट्रपतिले दिएको समयभित्र कसैको पनि माग दाबी भएको थिएन । त्यसपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गरिएको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २७ असार २०८१, बुधबार १४:५७
कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण
