काठमाडौं । ‘मिस हङकङ नेपाल–२०२३’की विजेता अञ्जना पुन यतिखेर ‘मिस नेपाल’को ताज जित्ने दाउमा प्रशिक्षणरत छिन् । हङककङलाई कर्मथलो बनाउँदै आएकी पोखराकी अञ्जना ‘मिस नेपाल–२०२४’मा पाटिसिपेन्ट छिन् । २६ प्रतियोगीमध्ये अञ्जनालालाई ‘मिस नेपाल–२०२४’को दावेदारका रुपमा समेत हेरिएको छ ।

यसैबेला उनी अभिनीत एक म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मिस हङकङ’को उपाधि पाउनुअघिबाटै मोडलिङमा सक्रिय अञ्जना गायक युवराज चौँलागाईको ‘मैले भन्दा माया गर्ने’ बोलको नयाँ गीतको भिडियोमा देखिएकी हुन् । गायक युवराल पाश्र्वगायनमा चर्चित छन् ।

यस गीतको भिडियोमा अञ्जना र अभिनेता पल शाहले अभिनय गरेका छन् । स्याड जनराको यस गीतको भिडियोमा अञ्जना र पलको केमेष्ट्रि सुहाएको छ ।

बरिष्ठ लोकगायिका एवं समाजसेवी चन्द्रज्योति आलेको शब्दरचना रहेको यस गीतको भिडियोलाई पल शाहले नै निर्देशन गरेका हुन् । अभिनेता पलकै अफिसियल युट्युब च्यानल ‘पल शाह अफिसियल’मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई दर्शकले निकै रुचाएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-07-04
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
