काठमाडौं, असार ४ , राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित हुनुभएको छ ।

कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित ‘कर्पोरेट एक्सिलेन्स अवार्ड–२०२६’ को अवसरमा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो । विगत १७ वर्षदेखि वन्तले राजनैतिक आर्थिक मनोरन्जन खेलकुद लगायत विभिन्न विधामा रहेर फोटोपत्रकारिता मार्फत देश तथा विदेशमा सुचनाको क्षेत्रमा योगदान दिदै आउनु भएको छ भने फोटोपत्रकारहरुको हकहित साथै क्षमता अभिवृद्धिमा कार्यगर्दै आइ रहनु भएको छ ।

लाजिम्पाटस्थित होटल र्याडिसनमा आयोजित समारोहमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल तथा नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) की पूर्वअध्यक्ष भवानी राणाले वन्तलाई अवार्ड तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्ज्वलजङ्ग शाहका अनुसार कार्यक्रममा कर्पोरेट फोटोग्राफीसहित विभिन्न २३ विधामा उत्कृष्ट योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

ईश्वरलाल प्रतिष्ठानसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रम नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा, पर्यटन तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाको सम्मान तथा पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
समारोहमा डेरी इन्डस्ट्रिज एक्सिलेन्स अवार्डबाट गङ्गाबहादुर खड्का, युथ आइकन (हस्पिटालिटी एन्ड टुरिजम) अवार्डबाट रोहित कार्की, फर्निचर इन्डस्ट्रिज एक्सिलेन्स अवार्डबाट तरालाल धरेल तथा एग्रो इन्टरप्रेनरशिप एक्सिलेन्स अवार्डबाट कृष्णहरि अर्याल सम्मानित हुनुभयो ।

त्यसैगरी कर्पोरेट हेल्थ इन्स्योरेन्स अवार्ड ह्याम्स हस्पिटल, युथ इन्टरप्रेनरशिप अवार्ड रोजल शाही, कर्पोरेट वुमन बिजनेस अवार्ड अभिज्ञा मल्ल, कर्पोरेट आउटस्ट्यान्डिङ स्मार्टफोन अवार्ड भिभो मोबाइल्स (मेगा विज्डम लिमिटेड) तथा कर्पोरेट फेसन एन्ड ब्युटी प्रोडक्ट अवार्ड दुर्गाराज श्रेष्ठलाई प्रदान गरिएको थियो ।
कर्पोरेट कमर्सियल भेहिकल अवार्ड मोरङ अटो वक्र्स, अटोमोटिभ कम्पोनेन्ट्स अवार्ड प्रदीपमान प्रधान, कर्पोरेट फाइनान्स अफ द इयर अवार्ड आईसीएफसी फाइनान्स लिमिटेड, कर्पोरेट मर्चेन्ट बैंक अफ द इयर अवार्ड नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, कर्पोरेट नन–लाइफ इन्स्योरेन्स अफ द इयर अवार्ड शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर अवार्ड सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक अफ द इयर अवार्ड गरिमा विकास बैंक लिमिटेड तथा कर्पोरेट बैंक अफ द इयर अवार्ड नबिल बैंक लिमिटेडलाई प्रदान गरिएको थियो ।
यसैगरी कर्पोरेट इन्डस्ट्रिज लिडर अवार्डबाट राजेन्द्र राउत, रघुनन्दन मारु र टङ्कप्रसाद पोखरेल, ग्रीन इन्डस्ट्रिज लिडरसिप अवार्डबाट गणेश कार्की, अटोमोटिभ लिडरसिप अवार्डबाट सुरेन्द्रकुमार उप्रेती तथा कर्पोरेट बिजनेस लिडरसिप अवार्डबाट संघर्ष विष्ट, दीपक श्रेष्ठ, नरेन्द्रलाल श्रेष्ठ र दिलसुन्दर श्रेष्ठ सम्मानित हुनुभएको थियो । कर्पोरेट बिजनेस अवार्डबाट किरणराज पाण्डेलगायत सम्मानित हुनुभएको थियो ।
यस वर्षको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ वरिष्ठ उद्योगी सुरेन्द्रवीर मालाकारलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा उद्योग, व्यापार, बैंकिङ, बीमा, स्वास्थ्य, पर्यटन तथा उद्यमशीलता क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो । सो अवसरमा देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रले भोगिरहेका चुनौती तथा आर्थिक पुनरुत्थानका सम्भावनाबारे विशेष छलफलसमेत गरिएको थियो ।

छलफलमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसङ्घ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।
कर्पोरेट मिडिया ग्रुपले विगत १८ वर्षदेखि विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउँदै आएका व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको जनाएको छ । निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने, सफल व्यावसायिक अभ्यासलाई प्रोत्साहन गर्ने तथा मुलुकको आर्थिक विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाको सम्मान र पहिचान गर्ने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना हुँदै आएको आयोजकको भनाइ छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-18
राससका फोटोपत्रकार वन्तलाई कर्पोरेट फोटोग्राफी एक्सिलेन्स अवार्ड–२०२६ बाट सम्मान
MŌDA Yoga Festival 2026 to celebrate International Yoga Day in Lalitpur with Free Yoga Sessions, Wellness Marketplace, Live Music, and Sunset Kirtan
अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य, पेजेशकियान र ट्रम्पले गरे सहमतिमा हस्ताक्षर
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
झापाका सबै चिया उद्योग भोलिदेखि बन्द हुने
गभर्नर डा. पौडेलको हस्ताक्षर भएको ५०० को नयाँ नोट आजदेखि प्रचलनमा
