हेटौडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धारा ढोला (खोल्सा) स्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।
हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो ठोक्किँदा बोलेरो चालकसहित दुवै सवारीसाधनमा सवार १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको छ । सबै घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनापछि सुमो चालकलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरूको परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-06
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
