काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरियाको भ्रमणमा जान लागेकै समयमा नेता किम जोङ उनले देशको नयाँ ५ हजार टन क्षमताको विध्वंसक युद्धपोत ‘काङ कोन’ को समुद्री परीक्षणको निरीक्षण गरेका छन् । साथै उनले आणविक हतियारयुक्त नौसेना निर्माण योजनालाई अझ तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सी जिनपिङ आगामी सोमबार उत्तर कोरिया भ्रमणमा जाने तयारीमा छन् । सरकारी समाचार संस्था केसीएनएका अनुसार किमले बिहीबार उक्त युद्धपोतको अवलोकन गर्दै उत्तर कोरियाले समुद्र माथि वा पानीमुनिबाट जुनसुकै बेला पनि दुश्मनलाई कडा जवाफ दिन सक्ने नौसैनिक शक्ति विकास गर्नुपर्ने बताएका छन् ।

किमले सत्तारूढ वर्कर्स पार्टीको नयाँ पाँच वर्षे रक्षा योजनाअन्तर्गत नौसेनाको आधुनिकीकरणलाई प्राथमिकतामा राखिएको जानकारी पनि दिएका छन् । यसअन्तर्गत १० हजार टन क्षमताका ठूला युद्धपोत निर्माण गर्ने तथा पानीमुनि सञ्चालन हुने नयाँ हतियार प्रणाली विकास गर्ने योजना समावेश गरिएको छ ।
उनले देशको आणविक प्रतिरोध क्षमता मजबुत बनाउन नौसेनाको भूमिका निरन्तर बढ्दै जाने बताएका छन्। निरीक्षणका क्रममा किमकी किशोरी छोरी किम जू ए पनि साथमा देखिएकी थिइन् । दक्षिण कोरियाली अधिकारीहरूले उनलाई भविष्यका सम्भावित उत्तराधिकारीका रूपमा तयार पारिएको अनुमान गर्दै आएका छन् ।
‘काङ कोन’ उत्तर कोरियाको दोस्रो नयाँ विध्वंसक युद्धपोत हो। गत वर्ष यसको लन्चिङका क्रममा प्राविधिक समस्या आएर क्षति पुगेको थियो, जसलाई किमले त्यसबेला गम्भीर गल्ती भन्दै आलोचना गरेका थिए। पछि मर्मतपछि पुनः सञ्चालनमा ल्याइएको भए पनि यसको पूर्ण क्षमताबारे केही विज्ञहरूले अझै प्रश्न उठाउँदै आएका छन्। उत्तर कोरियाले यसै श्रेणीका थप दुई युद्धपोत निर्माण गर्ने योजना पनि अघि सारेको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-06
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
