काठमाडौँ । भक्तपुरबाट श्रीमतीको हत्या गरेका ३८ बर्षिय विदुर विश्वकर्मा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार भक्तपुर नगरपालिका-१० छालीङ रोदस्थित आर्मी ब्यारेक नजिक डेरा गरि बस्ने विश्वकर्माले आफ्नी श्रीमती ३३ बर्षिय सलिना तोलाङगे विश्वकर्मालाई आफ्नै डेरामा घरायसी विवादका क्रममा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा उनका ८ बर्षिय छोरा समेत घाइते भएको प्रहरीले बताएको छ । प्रहरीले हाल विश्वकर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-04
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
