काठमाडौं । काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव-२०८३ चलिरहेको छ । सोमबार चलचित्र विकास बोर्डको हलमा सुरु तीनदिने महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक र लघु फिल्म, वृत्तचित्र तथा ‘एआई जेनेरेटेड’ वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
महोत्सवका निर्देशक सागर केरुङका अनुसार आदिवासी जनजातिभित्रका समुदायका मौलिक कथा र जीवनशैलीलाई समेटिएका चलचित्र प्रदर्शन गरिने छ । उनका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायको कला, संस्कार र पहिचानलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।
आदिवासी जनजाति चलचित्र महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामाले आफ्नो समुदायका भाषा, संस्कृति र इतिहासलाई संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव महत्त्वपूर्ण माध्यम बनेको बताए ।
महोत्सवमा ‘पीत’, ‘स्वयम्भू’, ‘डोल्पो राम्रानी’, ‘ह्याङ तानाछ’ र ‘दिलसरा’लगायतका कथानक फिल्म प्रदर्शन गरिनेछन् । साथै महोत्समा प्रदर्शन गरिने उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, स्क्रिप्ट तथा वृत्तचित्र विधामा पुरस्कृत गरिने बताइएको छ ।
महोत्सव उद्घाटन गर्दै बोर्ड अध्यक्ष दिनेश डीसीले यस प्रकारका महोत्सवले मौलिक सस्कृतिको उजागर र पहिचान प्रवद्र्धनमा टेवा पुग्ने धारणा राखेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-02
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
