काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।
राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग लगायतको हत्या भएको थियो ।
दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेको र पछि आफैंलाई गोली हानेको भन्ने छानविन प्रतिवेदन सार्वजनिक भए पनि आम रुपमा त्यसलाई विश्वास गरिएको छैन । दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीश केशव प्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य रहेको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनाको विवरण सार्बजनिक गरेको थियो ।
उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यमय नै रहेको छ । देशमा राजतन्त्र हताटाएर गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को घटनाप्रतिको दुख अहिले पनि आम नेपालीहरुमा रहेको देखिन्छ ।
राजा वीरेन्द्रको वंश नाशपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजा भए । उनले प्रत्यक्ष शासन हातमा लिदाको परिणाम २०६२/६३ मा दोस्रो जनआन्दोलनमार्फत देशमा गणतन्त्र आयो र राजसंस्था नै अन्त्य भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बनेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-02
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
