काठमाडौं । वाई.के फिल्मस्को ब्यानरमा युगल पोमोको लेखन तथा निर्देशनमा निर्मित नेपाली कथानक चलचित्र ‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने भएको छ ।
जेनेक्स मिडिया र शाहसी डिजिटल एसोसिएट रहेको फिल्म ‘जोर ढुंगा’ चलचित्रमा हङकङका रमेश लिम्बू, रोमन लावती र योगेश लामा निर्माता छन् भने अमेरिकाका ह्यारी योञ्जन कार्यकरी निर्माता रहेका छन् ।

अनिलकुमार महर्जनले सम्पादन गरेको ‘जोर ढुंगा’ मोहनकुमार झिल्लुले खिचेका हुन् । दिनेश माङमुको प्रोडक्शन डिजाइनमा निश्चल कुलुङले कला निर्देशन गरेका छन् ।
सुरेन्द्र रानाको गीत र संवाद रहेको यस फिल्मको निर्माण नियन्त्रक अनिल थोप्रा हुन् । प्रतीक थेबे लिम्बू, मौसम ईम्बुङ (फुलेन्देको बाउ) पुष्पाञ्जली तिल्लिङ, योगेश लामा, हार्दिक पौडेल, सिद्धार्थ लिम्बू, बिष्णु राई, मदनकुमारी पोमु लिम्बूलगायतको मुख्य भुमिका रहेको ‘जोर ढुंगा’मा जानू आलेले मेकअप गरेकी हुन् भने महेश्वर सम्बाहाङ्फेले मुख्य सहायक निर्देशन गरेका हुन् ।
ताप्लेजुङको निगुरादेन आसपासमा छाँयाङकन गरिएको चलचित्र जोरढुंगामा कलर ग्रेडिङको काम राजेन्द्र मोक्तानले गरेका छन् । अंग्रेजी सबटाईटल सहितको फिल्म ‘जोर ढुंगा’मा स्थानीय संवाद रहेको लिम्बू पृष्ठभूमिमा निर्माण गरिएको नेपाली कथानक चलचित्र हो ।
यो चलचित्र हङकङबाट ग्राण्ड प्रिमियर हुने भएको छ । ३० मे २०२६ शनिबार बेलुकी हङकङबाट यो फिल्मको फस्टलुक पोष्टर रिलिजका साथै जानकारी सभा गरिएको थियो ।
उक्त सभामा निर्माणपक्षले जानकारी दिए अनुसार ‘जोर ढुंगा’ आगामी ३० अगष्ट २०२६ आइतवार बेलुकी ५ः३० र ६ः३० बजे सानविम सिनेमा हलमा ग्राण्ड प्रिमियर हुने भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-02
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
