काठमाडौं । भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड रूपैयाँ सहयोग घोषणा गरेका छन्। कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ।
निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रूपैयाँ सहयोगको घोषणा गरेका हुन्। शुक्रबार गुरुङ काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्र पुगेका थिए।
डा. कोइरालाले घोषणा भएको यो सहयोगले देशका लागि केही गर्न खोज्ने व्यक्तिको कमी नभएको बताए । ‘यो सहयोगले बिग भिजनलाई अब सम्पन्न हुने बनायो। म फेरि पनि भन्छु यो भगवान कोइराला या बोर्डको मात्रै होइन। देशकै लागि गरिएको काम हो। आज मिनबहादुरजी पिलर बनेर आउनुभयो’ डा. कोइरालाले भने।
कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल सम्पन्न भइसकेको छ। अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ। ‘अहिले पनि दमकस्थित बाल अस्पतालमा दैनिक तीन सय बालबालिकाको उपचार भइरहेको छ’ उनले भने, ‘यो अस्पतालले पूर्व क्षेत्रमा धेरै सहयोग गरेको हामीले पाएका छौँ।’ सहयोग रकम घोषणापछि गुरुङले पनि राम्रो कामका लागि सहयोग गर्न पाउँदा आफूलाई भित्रैबाट खुसी लागेको बताए।
गुरुङले अहिलेको समयमा धेरैलाई समस्या रहे पनि कसैले राम्रो काम गर्छ भने उसलाई सहयोग गर्न सबै तयार हुनुपर्ने र त्यो देशकै लागि सहयोग हुने बताए। उनले भने, ‘यो निस्वार्थ भावले गरेको काम हो। त्यसैले स्वार्थरहित काममा सहयोग गर्न पाउनु मेरो खुसीको कुरा हो ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
