‘मिस नेपाल-२०२६’का लागि आवेदन खुल्यो

काठमाडौं । द हिडन टे«जरले ‘मिस नेपाल–२०२६’का लागि आवेदन खुल्ला गरेको छ । नेपालभरि तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीहरूले यस प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा आवेदन दिन सक्नेछन् । आवेदन यही जेठ २६ गतेसम्म दिन सकिने आयोजकले जनाएको छ ।

मिस नेपाल २०२६ को ग्राण्ड फिनाले २०८३, श्रावण १६, शनिबार (२०२६ अगस्ट ०१) पुल्चोकस्थित द प्लाजामा आयोजना गरिनेछ । यस कार्यक्रमले सौन्दर्य, प्रतिभा र गरिमाको अद्भुत प्रस्तुति दिनेछ । ग्रान्ड फिनाले हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गने विजेताहरूले विश्वमञ्चमा सराहनीय प्रदर्शन गर्दै स्वदेश फर्किएका छन् । मिस नेपाल इन्टरनेशनल २०२५– उरुषा भण्डारीले २०२५ नोभेम्बर २७ मा टोकियो जापान आयोजित मिस इन्टरनेशनलमा सहभागिता जनाइन् । मिस नेपाल अर्थ २०२५– सोनी घलेले २०२५ नोभेम्बर ५ मा फिलिपिन्सको मनिला आयोजित मिस अर्थमा सहभागिता जनाउँदै ट्यालेन्ट राउण्ड जितिन् भने मिस नेपाल कोस्मो २०२५–दीपशिखा नेपालले २०२५ डिसेम्बर २० मा भियतनाममा आयोजित मिस कोस्मो प्रतियोगितामा सहभागिता जनाइन् । उनीहरूले आफ्नो सहभागिता र उपस्थिति मार्फत राष्ट्रलाई गौरवान्वित बनाएका छन् ।

मिस नेपाल २०२६ का लागि योग्यता मापदण्ड अनुसार सहभागिहरूको न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षबीच हुनुपर्नेछ । आवेदकसँग नेपाली नगरिकता हुनुपर्छ । विदेशमा बसोबास गर्ने नेपालीहरुले गृह मन्त्रालयद्धारा जारी एनआरएन कार्डका साथ आवेदन दिन सक्नेछन् ।

यस वर्षको प्रतियोगिताबाट ३ जना विजेताहरू घोषणा गरिनेछन्- मिस नेपाल वल्र्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल ।

द हिडन ट्रेजरले कजारिया रमेश टाइल्स लिमिटेड कम्पनीलाई मुख्य शीर्ष प्रायोजक तथा श्री नटराज ज्वेलर्सलाई सह–प्रायोजकका रूपमा पाउँदा सम्मानित भएको छ । हाम्रा प्रायोजकरूलाई हार्दिक स्वागत छ, साथै श्री नटराज ज्वेलर्स गत वर्षदेखि हाम्रो क्राउन पार्टनर पनि हो । यस संस्थाले सबै सह– प्रायोजक, साझेदार तथा सहयोगीहरूलाई निरन्तर अमूल्य योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

मिस नेपालको खोज देशका विभिन्न सहरहरू— बिर्तामोड, इटहरी, बुट्वल, पोखरा, नेपालगन्ज र जनकपुरमा सञ्चालन गरिनेछ । साथै, यस अवधिमा काठमाडौंका १० कलेजहरुमा मिस नेपाल एक्टिभेसन अभियान सञ्चालन गरिनेछ । अन्तिम अडिसन २०८३ साल जेठ २६ गते काठमाडौंमा आयोजना हुनेछ । छनोट भएका प्रतिस्पर्धीहरूले ग्रान्ड फिनालेका लागि आवश्यक प्रशिक्षण तथा ग्रुमिङ प्राप्त गनेछन् ।

थप जानकारीका लागि वा मिस नेपाल २०२६ को आवेदन दिन, कृपया www.missnepal.com.npl मा जानुहोस् वा Miss Nepal मोबाइल एपमा लिग इन गर्न सकिनेछ ।

दि हिडनट्रेजरका पूर्व अध्यक्ष सूवर्ण क्षेत्री, दिवाकर राजकर्णिकार, डाईरेक्टर रुपेश प्रधान, सरद कुमार श्रेष्ठ, प्रमोद रत्न कंसाकार, कोरियोग्रफार रचना सिंह शर्मा लगायत उपस्थित रहेको थियो । कार्यक्रमको संचालिका उर्जा नेवाले गरेकी थिइन् ।

२०८३ साल श्रावण १६ गते शनिबार (२०२६ अगस्ट ०१) पुल्चोकस्थित द प्लाजा ललितपुरमा गे्रनफाडिन्स कार्यक्रम हुनेछ ।


रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-05-23