काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घमा निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका अन्जनकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । महासङ्घको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हो ।
महासङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार श्रेष्ठ अध्यक्ष बन्नुभएको हो । स्वतः अध्यक्ष हुने प्रावधान यसपछिका लागि भने विधानबाटै हटाइसकिएको छ । श्रेष्ठको कार्यकाल तीन वर्षको हुने छ । महासङ्घको एक वरिष्ठ उपाध्यक्षका लागि अहिले निर्वाचित सदस्यले पूर्वपदाधिकारी प्रतिस्पर्धीबाट चयन गर्न बाँकी छ ।
उपाध्यक्षतर्फ तीन उपाध्यक्ष २२ गते सम्पन्न निर्वाचनले चयन गरिसकेको छ । निर्वाचित उपाध्यक्षमा एसोसिएटतर्फबाट प्रबलजङ्ग पाण्डे विजयी हुनुभएको छ । प्रतिस्पर्धी ज्यत्सोना श्रेष्ठ सुब्बालाई पराजित गर्दै पाण्डे उपाध्यक्ष बन्नुभएको हो ।
त्यस्तै जिल्ला नगर उद्योग वाणिज्य सङ्घबाट कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी हुनुभएको छ । सो समूहबाट व्यवसायी उमेश डालमिया र कल्पना गैरे पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो । वस्तुगत समूहतर्फबाट उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी हुनुभएको छ । प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई पराजित गर्दै श्रेष्ठ विजयी हुनुभएको हो । विधान अनुसार महिलातर्फ र दुई राष्ट्रियतर्फका उपाध्यक्षका लागि भने वर्तमान निर्वाचित अवस्थाले मापदण्ड पूरा नभएको देखिएको छ । महिला उपाध्यक्ष चयन गर्न १२ जना सदस्य चयन भएको हुनुपर्ने विधानमा उल्लेख छ ।
नवनिर्वाचित सदस्यमध्येबाटै एक जना कोषाध्यक्ष बन्नेछन् । नवनिर्वाचित अध्यक्षले सात जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी नै छ । मङ्गलबार सम्पन्न निर्वाचनबाट सदस्यतर्फ वस्तुगत सङ्घ समूहबाट कार्यसमिति सदस्यमा १३ जना निर्वाचित भएका छन् । जसअनुसार सागर ढकाल, पशुपतिदेव पाण्डे, अरनिको राजभण्डारी, नानिराज घिमिरे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, होमप्रसाद घिमिरे र सङ्घर्ष विष्ट विजयी हुनुभएको छ । वस्तुगततर्फ चार जनाले भने समान ५०÷५० मत पाएर बराबर भएका छन् । यीमध्ये दुई जना नीराजन चलाउने र विप्लव अधिकारीले पहिलो आधा कार्यकाल (एक वर्ष छ महिना) तथा रघुनन्दन मारु र सुरज बन्जाडेले दोस्रो आधा कार्यकाल सदस्य बन्नुहुने भएको छ । वस्तुगतमा एक महिला सदस्यमा सुनिता न्हेम्हाफुकी विजयी भए । वस्तुगत महासङ्घबाट कार्यसमिति सदस्य विश्वनाथ खनाल र सुनैना घिमिरे विजयी भएका छन् ।्
जिल्ला नगर उद्योग वाणिज्य सङ्घबाट १५ जना कार्यसमिति सदस्य (खुला) निर्वाचित भए । सो समूहबाट अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की निर्वाचित हुनुभएको छ । त्यस्तै प्रयास कार्की, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शङ्कर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल पनि सदस्य निर्वाचित भएका छन् । सोही समूहको दुई महिला सदस्यमा गीता अमात्य र हिरा भट्टराई निर्वाचित भए ।
प्रदेशतर्फ जिल्ला र नगर उद्योग वाणिज्य समूहबाट कार्यसमिति सदस्यमा १४ जना निर्वाचित भएका छन् । जस अनुसार कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ साह र विकासकुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ विजयी भएका छन् ।्
गण्डकी प्रदेशबाट पवीन्द्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनी प्रदेशबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी, कर्णालीबाट पदमबहादुर शाही र पुरीचन्द्र देवकोटा निर्विरोध निर्वाचित भए भने सुदूरपश्चिमबाट पीताम्बर जोशी मात्र विजयी भएका छन् ।
एसोसिएटतर्फ कार्यसमिति सदस्य १७ जना निर्वाचित भएका छन् । जसमा अम्बिकाप्रसाद पौडेल, ईश्वरबहादुर जिसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवश न्यौपाने, प्रियराज रेग्मी र बटु लामिछाने विजयी भएका छन् । यसैगरी बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा पनि विजयी भए ।
एसोसिएट महिलामा अभिज्ञा मल्ल र जुना माथेमा विजयी भएका छन् । द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घबाट एक कार्यसमिति सदस्य निर्वाचित हुने प्रावधान अनुसार मनोज पौडेल विजयी हुनुभएको छ । संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ विजयी भएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-07
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
