काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठानले २०८३ सालको क्यालेन्डर एक भव्य कार्यक्रमबीच सार्वजनिक गरेको छ । उक्त क्यालेन्डर लोकार्पण समारोह विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । साथै, कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रका अग्रज व्यक्तिहरू, स्वास्थ्य क्षेत्रका विज्ञ, समाजसेवी तथा प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

संघीय संसदको सांसदहरु इन्दिरा राना मगर, डा. धनञ्जय रेग्मी, भरत गिरी, रमेश कुमार मल्ल, क्षितिज थेबे, रिना उपे्रती (केसी), राधिका रम्तेल र अम्बिका देवी संगौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वल्र्ड बुक अफ् रेर्कडका प्रमुख कार्यकारी सन्तोष शुक्ला, विक्रम त्रिबेदी, वरिष्ठ समाजसेवी सुरबहादुर श्रेष्ठ र समाजसेवी प्रकाशकाजी शाक्य अतिथिका रुपमा सहभागी थिए । अतिथिहरूले क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धिमा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा प्रतिष्ठानले क्यान्सर पीडितहरूको सहयोग, उपचार पहुँच विस्तार तथा जनचेतना अभियानमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरेको थियो । सम्मानित व्यक्तित्वहरूले यस्तो पहलले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमको मुख्य उद्देश्य क्यान्सरसम्बन्धी सचेतना फैलाउनुका साथै प्रतिष्ठानका गतिविधिहरूलाई थप प्रभावकारी बनाउने रहेको आयोजकले जनाएको छ । क्यालेन्डरमा स्वास्थ्यसम्बन्धी सन्देश, क्यान्सर रोकथामका उपाय तथा महत्वपूर्ण जानकारीहरू समेटिएको बताइएको छ । कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

नयाँ वर्षको शुभकामना कार्यक्रम

यसैबीच नेपाल क्यान्सर निवारण प्रतिष्ठानले नयाँ वर्ष २०८३ को अवसरमा विशेष कार्यक्रम आयोजना गरेको थियो । प्रतिष्ठानले सामाजिक सद्भाव र स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, चिकित्सक, समाजसेवी तथा प्रतिष्ठानसँग आवद्ध सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले आपसी शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षलाई सकारात्मक ऊर्जा र सेवा भावका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका पदाधिकारीहरूले क्यान्सर जस्तो जटिल रोगविरुद्ध जनचेतना फैलाउने कार्यलाई अझ प्रभावकारी बनाउने योजना प्रस्तुत गरे । साथै, आगामी दिनमा निःशुल्क स्वास्थ्य शिविर, सचेतना कार्यक्रम तथा सहयोगात्मक अभियानहरू सञ्चालन गर्ने जानकारी पनि दिइयो ।

विमोचन कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । सहभागीहरूले कार्यक्रमलाई फलदायी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन् ।

नेपाल क्यान्सर निवारण प्रतिष्ठानको डायरी प्रकाशन

यस्तै, नेपाल क्यान्सर निवारण प्रतिष्ठानको नयाँ वर्ष २०८३ को अवसर पारेर डायरी लोकार्पण तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका माननीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रतिष्ठानले आफ्नो वार्षिक डायरी सार्वजनिक गर्दै क्यान्सर सचेतना, रोकथाम तथा उपचारसम्बन्धी सन्देशहरू समाजमा फैलाउने उद्देश्य रहेको जनाएको थियो । सो अवसरमा स्वास्थ्य, सामाजिक सेवा तथा जनचेतनामूलक कार्यमा महत्वपूर्ण योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिले क्यान्सर जस्तो जटिल रोगसँग जुध्न जनचेतना, समयमै परीक्षण र उपचारको पहुँच विस्तार आवश्यक रहेको उल्लेख गर्दै प्रतिष्ठानको प्रयास सराहनीय रहेको बताए । अन्य वक्ताहरूले पनि यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानका पदाधिकारीहरूले आगामी दिनमा पनि क्यान्सर नियन्त्रण र जनचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

‘नो स्मोकिङ’ स्टिकर प्रकाशन

नयाँ वर्ष २०८३ को अवसरमा नेपाल क्यान्सर निवारण प्रतिष्ठान ले ‘नो स्मोकिङ’ स्टिकर वितरण कार्यक्रम गरेको छ ।

काठमाडौंमा आयोजित उक्त कार्यक्रममा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सर्वसाधारण, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूलाई धूम्रपानको हानिकारक असरबारे जानकारी गराउँदै ‘नो स्मोकिङ’ सन्देश अंकित स्टिकरहरू वितरण गरिएको थियो ।

प्रतिष्ठानका पदाधिकारीहरूले नयाँ वर्षलाई स्वस्थ जीवनशैली अपनाउने अवसरका रूपमा लिन आग्रह गर्दै धूम्रपान त्याग्न सबैलाई प्रेरित गरेका थिए । उनीहरूले धूम्रपानका कारण क्यान्सर लगायत विभिन्न घातक रोगहरू लाग्ने भएकाले यसको नियन्त्रण आवश्यक रहेको बताएका थिए ।

कार्यक्रमका क्रममा विभिन्न सार्वजनिक स्थल, शैक्षिक संस्था तथा यातायातका साधनहरूमा पनि “नो स्मोकिङ” स्टिकर टाँसिएको थियो । यस अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

नयाँ वर्षको सुरुवातसँगै यस्तो जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकोले धूम्रपान नियन्त्रण अभियानमा थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ ।

क्यालेण्डर सार्वजनिक कार्यक्रममा अध्यक्ष हरि गोपाल प्रधानले के भने ?

नेपाल क्यान्सर निवारण प्रतिष्ठानको क्यालेण्डर सार्वजनिक कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले अतिथिको स्वागत गर्दै प्रतिष्ठानको उद्देश्यबारे स्पष्ट पारको थिए । उनले प्रतिष्ठानको क्यालेण्डर प्रकाशनमा सहयोग र साथ दिनेहरुलाई धन्यवाद दिँदै आभार व्यक्त गरेका थिए ।

उनले भने, ‘यस क्यान्सर निवारण प्रतिष्ठानबाट विभिन्न स्थानहरुमा समय समयमा क्यान्सर सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु तथा स्वास्थ्य शिविरहरु संचालन गर्दै आइरहेको कुरा जानकारी गराउन चाहन्छौं । नेपालमै उत्कृष्ट क्यान्सर डाक्टरहरु तथा स्वास्थ्य सेवा भएको तथ्य घाम जतिको छर्लङ्गै छ ।’

यसै सन्दर्भमा अध्यक्ष हरि गोपाल प्रधानले भने, ‘नेपाल सरकारबाट ५ लाखसम्म औषघि उपचारमा सहुलियत दिएमा आर्थिक स्थिति कमजोर भएका विरामीलाई केही राहत मिल्ने यही कार्यक्रम मार्फत उपस्थित माननीयज्यूहरुलाई पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठ (एनएसके), उपाध्यक्ष सागर कटुवाल, महासचिव डा. सरिशा श्रेष्ठ, चिफ प्रोगाम अफिसर युबिका श्रेष्ठ, कार्यालय सहायक अभिषा रसाइँली तथा कार्यालय सहायक सागर श्रेष्ठको पनि सहभागिता रहेको थियो । साथै, कार्यक्रममा मिस नेपाल लुना लुईटेल, मिस इको इन्टरनेशनल सेजल राजभण्डारी (प्रतिष्ठानको सदभावना दूत)लगायत विभिन्न व्यक्तित्व तथा सेलिब्रेटीहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रतिष्ठानसँग सहकार्यका लागि सम्झौता गरेका संस्थाहरु र स्पोन्सर दाताहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

नेपाल क्यान्सर निवारण प्रतिष्ठानसँग हालसम्म आरावन मिडिया एण्ड टिच, ब्लू क्रस, चिरायू हस्पिटल, जे एण्ड जे क्लिनिक, करुण सिटी क्लिनिक, काठमाण्डु क्यान्सर सेन्टर, मेदी क्वेष्ट लेबोरोटरी क्लिनिक प्रालि, मिराकल स्किन हेयर एण्ड क्लिनिक, नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर, नेपाल सिनियर केयर, निर्णय एनएसके (टुर फर एजुकेशन), ओम समाज डेन्टल, सिल्भरलाइन हस्पिटल र टाइजिङ पर्मा प्रालिसँग सहकार्यका लागि सम्झौता भइसकेको छ ।





































रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-04
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
