काठमाडौं । भारतले लिपुलेक क्षेत्रको बारेमा आफ्नो प्रतिक्रिया दिएको छ। लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुला गरेको सन्दर्भमा नेपालको परराष्ट्र मन्त्रालयले गरेका सीमा सम्बन्धी दाबीका बारेमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रनधीर जैसवालले प्रतिक्रिया दिएका हुन्।
उनले लिपुलेक पास लामो समयदेखि कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको मार्ग भएको बताएका छन्। आफ्नो आधिकारिक एक्समा पोस्ट गर्दै उनले लेखेका छन्, ुयस विषयमा भारतको धारणा सधैं स्पष्ट र स्थिर छ। लिपुलेक पास सन् १९५४ देखि कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको मार्ग हो र यस मार्गबाट यात्रा दशकौंदेखि सञ्चालन हुँदै आएको छ। यो कुनै नयाँ विकास होइन।ु
नेपालले गरेको भौगोलिक दाबीका सन्दर्भमा उनले भनेका छन्, ‘यस्तो दाबी न उचित छ, न ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छ भन्ने धारणा भारतले राख्दै आएको छ। एक पक्षीय रूपमा गरिएको कृत्रिम भौगोलिक विस्तारको दाबी अस्वीकार्य छ।’
भारत नेपालसँगको द्विपक्षीय सम्बन्धका सबै विषयमा संवादका लागि खुला रहेको पनि उनले बताएका छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-04
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
