
काठमाडौं । केही समय अघिदेखि पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटिरहेको छ । त्यही मूल्य घटेको कारण विभिन्न बाहाना बनाई नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले काठमाडौं उपत्यकाभरी पेट्रोलियमको आपूर्ति ठप्प पारेको छ । यसको प्रत्यक्ष मार जनतालाई परेको छ ।
यस्तो हड्ताल पटक–पटक हुने गरेको छ । तर सरकार भने यस विषयमा निरही बनेको छ । सम्झौता गरेर उनीहरुको स्वार्थ पुरा गरिदिन्छन् र तत्कालका लागि समस्या समाधान हुन्छ । तर जनताको हितमा काम गर्ने हो भने यसको स्थायी समाधान सार्वजनिकिकरण गर्नु हो । यो अति आवश्यक भइसक्यो ।
अब सरकारले आफैले देशैभरी पेट्रोलियमको आपूर्ति तथा बिक्रि–वितरण गर्नुपर्छ । सकारले प्रदेश तथा स्थानीय तहको मातह्तमा रहने गरी पेट्रोल पम्पहरु संचालन गर्नु पर्दछ । तब मात्र यहाँ निजि क्षेत्रले गरेको मनपरीको अनत्य हुन्छ ।
प्रहरी कल्याण कोष, शसस्त्र प्रहरी, साझा र नेपाल सेनाले जस्तै काठमाडौं, भक्तपुर र ललिपुर लगायत ७७ वटै जिल्लाका स्थानीय तहहरुले ५–५ वटा पेट्रोल पम्प राख्नु पर्यो । जसबाट केही व्यक्तिहरुले रोजगारी समेत पाउने छन् । जनता सरल सुविधा जनक पेट्रोल पाउने छ र अन्य निजि पेट्रोल पम्पहरुले मनपरीबाट बञ्चित हुन्छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ६ असार २०८१, बुधबार ०७:४९
युवाहरुका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री

The Hidden Risks of Sanitary Pads: A Growing Concern for Women’s Health in Nepal

आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

सामान्य विवादमा खुकुरी प्रहार

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ

निलम्बनमा परे काठमाण्डौ नगर प्रहरी प्रमुख राजु पाण्डे
