दमक चोकमा खुल्यो ‘माया क्याफे’

काठमाडौं । झापाको दमक चोकमा ‘माया क्याफे’ सञ्चालनमा आएको छ । गजेन वान्तवा सञ्चालक रहेको उक्त क्याफेलाई नयाँ वर्षको अवसरमा चर्चित गायक अर्थात ‘राई इज किङ’ राजेशपायल राईले उद्घाटन गरेका छन् ।

कार्यक्रमको सिलसिलामा पूर्व पुगेका ‘राई इज किङ’ले सोही अवसरमा व्यवसायी वान्तवाले सञ्चालनका ल्याएको उक्त क्याफेको पनि उद्घाटन गर्न भ्याएका हुन् ।

क्याफेका सञ्चालक वान्तवाका अनुसार ‘माया क्याफे’ कफी पारखीहरुका लागि विशेष हुुनेछ । माया क्याफेमा इलाममै उत्पादित कफीसँगै संसारमा पाइने कफी स्वाद चाख्न पाइने छ । खानाका अन्य प्रकारहरु पाइएपनि ‘माया क्याफे’लाई दमकमा ‘कफीजोन’ का रुपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको सञ्चालक वान्तवाले सुनाए ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-04-17