काठमाडौं । गायक याक्थुङ रमेशराज लिम्बूले नयाँ गीतको भिडियो ल्याएका छन् । रमेशराजले आफ्नो अफिसियल युट्युब च्यानलममार्फत ‘बाटो हिँड्ने बटुवा’ गीतको भिडियो हालै सार्वजनिक गरेका हुन् ।
भिडियोमा स्यंम रमेशराज फिचरिङ छन् । साथमा विनु मगरको अभिनय रहेको छ । ‘बाटो हिँड्ने बटुवा’ लोकगीत शैलीको गीत हो । गायक रमेशराजले यसअघि पनि थुप्रै गीत तथा भिडियो ल्याइसकेका छन् ।
लिम्बू गीतसंगीत क्षेत्रमा समेत सक्रिय रहँदै आएका रमेशराजको यो पछिल्लो गीतलाई दर्शकले रुचाएका छन् । केही समयको अन्तरालपछि उनले यो गीत ल्याएका हुन् । यस गीतको भिडियोलाई उनैले निर्देशन गरेका हुन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-17
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
