काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेडले सञ्चालन गरिरहेको एनआइबिएल म्युचुअल फण्ड अन्तर्गतको ‘एनआइबिएल सहभागिता फण्ड’का इकाई हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको जनाएको छ ।
विगत १३ वर्षदेखि मर्चेन्ट तथा इन्भेष्टमेन्ट बैंकिङ क्षेत्रमा सक्रिय कम्पनीले म्युचुअल फण्ड, पोर्टफोलियो व्यवस्थापन, परामर्श सेवा, डिपोजिटरी सहभागी, निष्कासन व्यवस्थापन लगायत सेवा प्रदान गर्दै आएको छ । खुलामुखी प्रकृतिको यो फण्ड नेपाल धितोपत्र बोर्डको सामूहिक लगानी कोष नियमावली, २०६७ अन्तर्गत दर्ता भएको नेपालको पहिलो खुलामुखी म्युचुअल फण्ड हो ।
यस फण्डले इक्विटी, डिबेन्चर, फिक्स्ड डिपोजिट, ट्रेजरी बिल जस्ता साधनमा लगानी गर्दै आएको छ । प्रारम्भिक रूपमा ६ अर्ब रुपैयाँ आकार रहेको योजनालाई नेपाल धितोपत्र बोर्डको स्वीकृतिअनुसार वृद्धि गरी १० अर्ब रुपियाँ पु¥याइएको छ, जससँगै यो नेपालकै सबैभन्दा ठूलो म्युचुअल फण्ड बनेको छ ।
बीज पुँजी सम्बन्धी व्यवस्थाका कारण लामो समयसम्म इकाईहरू हितग्राही (डिम्याट) खातामा जम्मा हुन नसकेकोमा अब सबै इकाई सफलतापूर्वक जम्मा गरिएको कम्पनीले जनाएको छ । लगानीकर्ताले मेरो सेयर लग–इन गरी आफ्नो इकाई क्रेडिट भएको पुष्टि गर्न सक्नेछन् । साथै, डिम्याट खातामा इकाई जम्मा गर्न ढिलाइ भएकोमा कम्पनीले क्षमायाचना गर्दै लगानीकर्ताको धैर्यता र समर्थनप्रति धन्यवाद व्यक्त गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-12
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
