काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेन्सन प्रमाणीकरण प्रणालीको औपचारिक सुरुवात गरेका छन् ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले महालेखा नियन्त्रकको कार्यालयले तयार पारेको पेन्सन प्रमाणीकरण प्रणाली उद्घाटन गरेका हुन् ।
यो प्रणाली लागू भएसँगै अब देशभरका करिब साढे तीन लाख पेन्सनकर्ताले भोग्दै आएको झन्झट हट्ने मन्त्रालयले जनाएको छ । विशेष गरी पेन्सन नवीकरण गर्न र बैंक छनोट गर्न भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता अब योसँगै अन्त्य हुने भएको छ ।
नयाँ व्यवस्था अनुसार पेन्सनकर्ताले घरमै बसेर अनलाइनमार्फत सेवा लिन सक्नेछन् । यसबाट सरकारले तिर्दै आएको वार्षिक करिब १५ करोड रुपैयाँ बराबरको बैंक कमिसनसमेत घटेर शून्य नजिक पुग्ने अपेक्षा गरिएको छ । साथै नगद प्रवाह व्यवस्थापन सहज हुने र ढुकुटीमा पर्ने दबाब नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
यस प्रणालीले पेन्सन गणनामा हुने मानवीय त्रुटि पनि घटाउने बताइएको छ । करिब ३ लाख ५२ हजारभन्दा बढी पेन्सनकर्ता (निष्क्रियसहित) यसबाट लाभान्वित हुनेछन् ।
यसअघि भने पेन्सनकर्ताले बैंक छनोट गर्न निवृत्तभरण व्यवस्थापन कार्यालयमै पुग्नुपर्ने र हरेक वर्ष बैंकमै गएर खाता नवीकरण गर्नुपर्ने बाध्यता थियो । साथै पेन्सन रकम र कर गणना म्यानुअल रूपमा हुने हुँदा त्रुटि र ढिलाइको समस्या देखिने गरेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-10
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
