काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा सुष्मा महाराले जिल्ला–नगर महिला कोटातर्फ केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएकी छन् । निर्वाचनको दिन नजिकिँदै गर्दा सुष्मा महराको उम्मेदवारीले चर्चा पाउन थालेको छ ।
नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके)की सचिव तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक महराको उम्मेदवारीलाई महासंघभित्र ‘परिवर्तन र व्यावसायिक कुशलता’को संकेतका रूपमा हेरिएको छ । एफएनसीसीआईको इतिहासमा पहिलोपटक विधानमार्फत महिला कोटा सुनिश्चित गरिएपछि यसपटकको निर्वाचन थप विशेष र ऐतिहासिक बनेको छ ।
यो ऐतिहासिक अवसरमा जिल्ला–नगर महिला कोटातर्फ केन्द्रीय कार्यकारिणी सदस्य पदमा महराको उम्मेदवारीले देशभरका उद्योगी–व्यवसायीमाझ उत्साह जागेको छ । ‘जहाँ महिला नेतृत्व बलियो हुन्छ, त्यहाँ सहकार्य बढ्छ र समृद्धिको बाटो अझ उज्यालो हुने’ भन्दै महराले देशभरका जिल्ला तथा नगर अध्यक्षहरूसँग अमूल्य मत र साथको अपेक्षा व्यक्त गरेकी छन् ।
को हुन् सुष्मा महरा ?
सुष्मा महरा नेपालको सौन्दर्य र ‘वेलनेस’ क्षेत्रलाई संस्थागत गर्ने एक अग्रणी नाम हो । झन्डै दुई दशकदेखि व्यावसायिक रूपमा सक्रिय महराले ‘फेसियल हाउस’मार्फत देशभर सयौँ महिलालाई प्रत्यक्ष रोजगारी सृजना गर्दै आएकी छन् । साथै, हजारौँलाई सीपमूलक तालिम दिएर आत्मनिर्भरसमेत बनाउँदै आएकी छन् ।
‘महिलाको आर्थिक स्वतन्त्रता नै समृद्धिको आधार हो र महिला नेतृत्व भनेको सहकार्य, समावेशिता र विश्वासको शक्ति हो’ भन्ने विषयलाई आत्मसाथ गर्दै अघि बढिरहेकी महरा हाल नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके)मा सचिव छन् ।
सुष्माका पाँच संकल्प
महिला उद्यमीको व्यावसायिक क्षमता अभिवृद्धि र समृद्धिमा ठोस कार्य गर्ने, व्यवसायीका समस्यालाई महासंघको माथिल्लो तहसम्म प्रभावकारी रूपमा पु¥याउने, ‘सहकार्य र विश्वास’को शक्तिमार्फत निजी क्षेत्रको उज्यालो भविष्य निर्माण गर्ने, सिप, अवसर र आत्मविश्वास बढाउने अभियानलाई देशभर विस्तार गर्ने र उद्यममैत्री नीति निर्माणका लागि निरन्तर पैरवी गर्ने ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-06
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
